होटल उद्घाटन कार्यक्रममा सभापति देउवा र मुख्यमन्त्री राउतको जुहारी

होटल उद्घाटन कार्यक्रममा सभापति देउवा र मुख्यमन्त्री राउतको जुहारी

वीरगञ्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कमजोरी ढाकछोप गर्न सत्तारुढ दलका नेताहरु प्रमुख प्रतिपक्षी दललाई गाली गर्नै व्यस्त भएको बताएका छन् ।

बुधबार वीरगञ्जस्थित होटल दियालो एण्ड लर्डस प्लाजाको उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसले आफ्नो गल्ती कमजोरी सुधार्नुपर्ने सुझाव दिएपछि देउवाबाट यस्तो जवाफ आएको हो । 

‘संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद उहाँहरुले लिइरहनु भएको छ’, मुख्यमन्त्री राउतको अभिव्याक्ति लक्षित गर्दै देउवाले भने, ‘सरकारले राम्रा काम गर्न सकेको छैन तर सत्तारुढ दलहरु कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्न व्यस्त छन् ।’

दुईतिहाइको सरकारको दम्भ र अधिनायकवादका कारण मुलुकको लोकतन्त्र खतरामा परेको आरोप पनि उनले लगाए । ‘प्राजतन्त्र र लोकतन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएको छ’, खतरामा परेको लोकतन्त्र जोगाउन जस्तोसुकै संघर्षका लागि कांग्रेस तयार रहेको बताउँदै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्र कांग्रेसका लागि जीवनमरणको सवाल हो, त्यसैले लोकतन्त्रमाथि कहीँ कतैबाट हस्तक्षेप वा आक्रमण भए हामी चुप लागेर बस्न सक्दैनौँ ।’

त्यसअघि उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  कांग्रेसलाई आफना गल्ती कमजोरी सुधार्न सुझाव दिएका थिए । ‘कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै  शक्तिले रोक्न सक्दैन’, उनले भने,‘तर कांग्रेसले विगतका गल्ती र कमजोरी सुधार्नुपर्छ ।’ 

देशको सत्ता सम्हालेकाले आफनो रवैया नसुधारे मुलुक फेरि द्वन्द्वमा फस्ने निश्चित रहेको पनि मुख्यमन्त्री राउतले बाए । ‘आफुलाई देशको ठेकेदार ठान्नेले संविधान कार्यान्वयनमा बेइमानी गरिरहेका छन्’, उनले भने,‘उनीहरुको रवैया यस्तै रहयो भने मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने निश्चित छ ।’

प्रदेश २ को विकास र समृद्धिका मुख्य तीन आधार उद्योग–व्यपार, कृषि र पर्यटन रहेको भन्दै मुख्यमन्त्री राउतले थपे, ‘यदि यी तीना क्षेत्रको उचित व्यवस्थापन गरेर लगानीकर्ता आकर्षित गर्न सकियो भने प्रदेश २ मुलुककै नम्बर १ प्रदेश बन्न सक्छ ।’ 

उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी, पुर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीहरु फर्मुल्लाह मन्सुर, एनपी साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया उपस्थित थिए । त्यसैगरी सांसदहरु प्रदीप गिरी, विनोद चौधरी र उमेश श्रेष्ठ तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल लगायत उपस्थित थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.