साउदी राजकुमार भारतमा, विमानस्थलमै अंगालो हाले मोदीले

साउदी राजकुमार भारतमा, विमानस्थलमै अंगालो हाले मोदीले

नयाँ दिल्ली : पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राति भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । 

राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने पोर्टोकल तोडेको भन्दै चर्को आलोचना गरेको छ । 

विमानस्थलमा अंगालो हालेका मोदीले त्यसपछि बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागतका क्रममा फेरि पनि अंगालो हाल्न भ्याए । मोदीको यो क्रियाकलापलाई कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले पाकिस्तानलाई सहयोग गरिरहेको साउदीका राजकुमारको स्वागतमा मोदीले सबै किसिमका मर्यादा तोडेको भन्दै कटाक्ष गरेका छन् । 

'राष्ट्रहितका लागि अंगालो हाल्ने मोदीको नीति : जुन साउदी अरेबियाले पाकिस्तानलाई २० अर्ब डलर दिँदै प्रशंसा गरेको छ, उसैका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्टोकल तोडे । के पुलवामाका सहिदहरुलाई सम्झिने तरिका यही हो ?', ट्विट गर्दै सुरेजावालाले भनेका छन् । 

भारत आउनुअघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए । जहाँ उनले पाकिस्तानको प्रशंसा गर्दै २० अर्ब डलर सहयोग घोषणा गरे । यसका अलावा उनले आफूलाई साउदी अरेबियामा आफू पाकिस्तानको ब्रान्ड एम्बेसडर रहेको पनि घोषणा गरे । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.