प्रेस स्वतन्त्रा विरोधी कानुन बने विरोधमा उत्रन्छौं : अध्यक्ष आचार्य

प्रेस स्वतन्त्रा विरोधी कानुन बने विरोधमा उत्रन्छौं : अध्यक्ष आचार्य

पोखरा : नेपाल पत्रकार महासंघको केन्दीय साधारण सभा तथा विधान अधिवेशन विहीवारदेखि पोखरामा हुँदै छ। ‘राष्ट्रिय समृद्धिका लागि सञ्चार, गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिनसम्म पत्रकारहरूको विधान अधिवेशन हुन लागेको हो।

अधिवेशनमा महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लाने गरी विधान संशोधन गरिने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए।

सम्मेलनले देशभरका हरेक सदस्यले एकै पटक जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छान्ने गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने उनले बताए। श्रमजीवी ऐन कार्यान्वयन गराउनेतर्फ पनि सम्मेलन केन्द्रित रहने उनले बताए। प्रेस स्वतन्त्रता विरोधी कानुन बने संघर्षमा उत्रने महासंघका अध्यक्ष आचार्यले बताए।

साधारणसभामा देशभरका ७७ जिल्लाबाट १ हजार ४ सय पत्रकार सहभागी रहने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। साधारणसभा अघि पोखरामा नौमती बाजा सहित विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।

अधिवेशनको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्ने छन्।

पत्रकार महासंघको साधारणसभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ घोषण गर्ने कार्यक्रम पनि रहेको छ। अंग्रेजी नयाँ वर्ष सन् २०१९ को जनवरी महिनाको पहिलो दिनमै घोषण गर्नु पर्नेमा ढिला गरी पर्यटन वर्ष घोषणा हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.