लोकसेवा रनिङ शिल्डको उपाधि सर्लाही क्याम्पसलाई
मलंगवा : लोकसेवा रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता सिजन-२ को उपाधि सर्लाही क्याम्पसले जितेको छ।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा सफलता कोचिङ्ग सेन्टर एवं सीपमूलक तालिम केन्द्र मलंगवा र बाल विकास केन्द्र बहरथवाले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा २२ प्रतिस्पर्धीलाईपछि पार्दै सर्लाही क्याम्पसले उपाधि उचालेको हो।
विजेता सर्लाही क्याम्पसलाई नगद ५ हजार १ सय, रनिङ शिल्ड, क्याम्पसलाई प्रथम कप, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।
क्याम्पसको तर्फबाट प्रतियोगितामा संजीवकुमार पण्डित र प्रतिमा कुमारी दास सहभागी भएको बाल विकास केन्द्रका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए।
प्रतियोगितामा वेणी भोला नमुना उच्च माध्यमिक विद्यालय द्वितीय र मलंगवा ग्रीन लैण्ड उच्च माध्यमिक विद्यालय तृतीय भए। दोस्रो र तेस्रो हुनेलाई क्रमशः तीन हजार १ सय र दुई हजार १ सयसहित कप, प्रमाणपत्र प्रदान गरिएको छ।