पूर्व प्रधानपञ्चले कुटे कार्यालय सहयोगी, सालाकी श्रीमतीमाथि पनि कुटपिट

पूर्व प्रधानपञ्चले कुटे कार्यालय सहयोगी, सालाकी श्रीमतीमाथि पनि कुटपिट

विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ स्थित वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीमाथि पूर्व प्रधानपञ्च असित राईले कार्यालयमै पुगेर कुटपिट गरेका छन् ।

उनले आफ्नै सालाकी श्रीमतीमाथि पनि हातपात गरेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । कार्यालय सहयोगी कार्की र साला गोवर्धन राईकी श्रीमती गोमाले छुट्टा छुट्टै उजुरी दिएका छन् ।

तत्कालिन बेलबारी गाविसका पूर्व प्रधानपञ्च तथा अहिले नेकपाका कार्यकर्ता असित राईले कार्कीमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामकुमार राईले जानकारी दिए ।

कर्मचारीलाई कुट्ने राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ । बेलबारी –४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोवर्धनका लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका पूर्व प्रधानपञ्च राईले मंगलबार दिउसो कार्कीलाई कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरेर घटनाका बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

इन्सपेक्टर राईका अनुसार बसाइँ सराइको कागजात लिन खोज्दा गोवर्धनकी जेठी श्रीमती गोमा राई आएर आफूले पाउनुपर्ने पेन्सन छल्नका लागि बनाउन खोजिएको भन्दै बसाइँ सराइको कागज च्यातिदिएपछि उत्पन्न विवादमा कार्यालय सहयोगी कार्की र गोमा कुटिएका हुन् ।

प्रहरीका अनुसार राईले विवादका क्रममा छेउमै रहेकी गोवर्धनकी श्रीमती गोमालाई समेत कुटपिट गरेका थिए । गोमाले नातामा श्रीमानको भिनाजु पर्ने असितले छातीमा लात्तीले हानेको बताइन् । राई विरुद्ध गोमा र बेलबारी–४ वडा कार्यालयका सहयोगी होम कार्कीले अलग अलग उजुरी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.