युरोलोजिकल सर्जनको सम्मेलन पोखरामा

युरोलोजिकल सर्जनको सम्मेलन पोखरामा

पोखरा : महिलाहरुको स्वास्थ्य समस्यामा केन्द्रित रहने गरी पोखरामा नेपाली मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरूको राष्ट्रिय संगठन नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जनको सम्मेलन हुने भएको छ।

सानै उमेरमा आमा बन्ने धेरै बच्चा जन्माउने, अस्पतालमा भन्दा घरमै बच्चा जन्माउने, लामो प्रसव पीडा र सुत्केरी अवस्थामा उचित स्याहार नपुग्नुको कारण महिलाका पिसाब चुहिने, पाठेघर खस्ने लगायतका समस्या बढेको पाइन्छ।

यसै विषयमा केन्द्रित रहेर फागुन ९ देखि ११ गतेसम्म सर्जनहरूको सम्मेलन हुने आयोजक समितिका अध्यक्ष प्रा. डा. ध्रुवबहादुर अधिकारीले जानकारी दिए। सम्मेलनमा विभिन्न देशका ३४ डाक्टरसहित २ सय डाक्टरको सहभागी रहने पनि उनले बताए।

सम्मेलनमा महिलामा हुने मुत्ररोग सम्बन्धी अन्तर्राष्ट्रिय राष्ट्रिय विज्ञहरुले ६५ वटा कार्यपत्र प्रस्तुत गर्ने र त्यस विषयमा छलफल हुने नेपाल एशोसियसन अफ युरोलोजिकल सर्जनका अध्यक्ष प्रोफेसर डाक्टर चन्द्रशेखर अग्रवालले बताए।

महिलामा पिसाब चुहिने, पाठेघर खस्ने, संक्रमण हुने समस्या बढी देखिएकोले यस विषयमा केन्दित भएर नेपालमै पहिलोपटक सम्मेलन हुने लागेको उनले बताए। 

सम्मेलनको पहिलो दिन महिलामा हुने पिसाब चुहिने रोगको निदान र आधुनिक शल्यक्रियाको प्रस्तुति हुने पनि उनले बताए। सम्मेलनमा युरोलोजी विधामा अन्य विधा पत्थरी रोग, क्यान्सर रोग, संक्रामक रोग सम्बन्धी उपचार पद्दतिबारे पनि अनुभव आदानप्रदान हुने डा. अधिकारीले बताए। सम्मेलनमा भारत, चिन, श्रीलंका, पाकिस्तान, मलेसिया, अमेरिका, सिंगापुर लगायत देशका विशेषज्ञ डाक्टरको सहभागिता रहने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.