गण्डकी सरकार मन्त्रिपरिषद्‍का तीन निर्णय

गण्डकी सरकार मन्त्रिपरिषद्‍का तीन निर्णय

 पोखरा : गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्नेलगायत निर्णय गरेको छ। 

सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ करोड ९६ लाख रुपैया स्थानान्तरण गर्ने लगायत निर्णय मन्त्रिपरिषदले गरेको छ। 

–नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्ने। आर्थिक भार नपर्ने गरी कर्मचारी व्यवस्था गर्ने। २०७५ असोज ३ गतेको मन्त्रिपरिषद बैठकबाट नवलपुरमा उक्त कार्यालय खोल्न संघ सरकारसँग कर्मचारी मागसहित गरिएको पठाएको अनुरोध सुनुवाइ नभएपछि प्रदेश आफैंले कार्यालय खोल्ने निर्णय भएको हो। 

–स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला खोल्ने। प्रदेशमा भित्रने तरकारी, फलफूल र पशुपन्छी जाँच गरेरमात्रै प्रवेश दिने। मानव स्वास्थ्य प्रतिकूल विषादीको मात्रा भेटिए प्रदेशमा प्रवेश नदिने। 

–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा आएको ५ करोड ९६ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउन संघ सरकारलाई सहमति दिने। उक्त प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ८ शीर्षकका लागि उक्त रकम आएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.