लिभरपुलका साडियाे माने खेल मैदानमै, घरमा चाेरी !

लिभरपुलका साडियाे माने खेल मैदानमै, घरमा चाेरी !

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली स्ट्राइकर साडियो मानेको घरमा चोरी भएको छ । आफ्नो घरमा चोरी हुँदा २६ वर्षीय माने भने च्याम्पियन्स लिग खेल्न मैदानमै थिए । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलका क्रममा उनको घरमा चोरी भएको बताइएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ टोलीबीचको उक्त पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो । जर्मन क्लब बायर्न म्युनिखविरुद्घको उक्त खेल लिभरपुलकै घरेलु मैदानमा खेलिएको थियो । चोरले मानेको केही घडी, मोबाइल फोन र कारको चाबीलगायका सामान चोरेर लगेको जनाइएको छ ।

स्थानीय प्रहरीका अनुशार माने एनफिल्डमा खेलिरहँदा दक्षिणी लिभरपुलको एलर्टनस्थित उनको घरमा कोही पनि थिएनन् । प्रहरीले चोरीको अनुशन्धान भइरहेको बताएको छ । ‘चोरीको घटनामा संलग्नको खोजी कार्य भइरहेको छ । चोरीसँग सम्बन्धित कुनै सुचना भए उपलब्ध गराउन सर्वसाधारणसँग पनि अनुरोध गरेकका छौं’, स्थानिय प्रहरी फिल माहोनले भनेका छन् ।

सेनेगलका अन्तर्राष्ट्रिय खेलाडी मानेको घरमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ को नोभेम्बरमा पनि मानेको घरमा चोरी भएको थियो । रमाइलो संयोग के हो भने त्यतिबेला पनि आफ्नो घरमा चोरी हुँदा माने च्याम्पियन्स लिग खेल मैदानमै थिए । त्यतिबेला लिभरपुलले च्याम्पियन्स लिगमा मारिबोर क्लबको सामना गर्दैथियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.