डा. बाबुराम भट्टराईले जाजरकोट पुगेर पहिलोपल्ट लगाए दौरा सुरुवाल

डा. बाबुराम भट्टराईले जाजरकोट पुगेर पहिलोपल्ट लगाए दौरा सुरुवाल

काठमाडौं : नेपाली संस्कृति तथा रितिरिवाज विरोधीको आरोप झेल्दैआएका पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका नेता डा. बाबुराम भट्टराईले आज अचानक फेसबुकमा केही फोटो पोस्ट गरे ।

तर केही मिनेटमै उनलाई आलोचना र गाली गर्नेहरुको संख्या सयौं नाघ्यो । सामाजिक संजालमा सक्रिय डा. भट्टराईले जनताको प्रतिक्रिया बुझ्न भन्दा पनि खस आर्य समुदायप्रति सद्भाव देखाउन यसो गरेका थिए भन्ने कुरा उनले आफ्नो स्टाटसमै खुलाएका छन् ।

उनले लेखेका छन्, देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो !’ रोचक पक्ष त के हो भने, डा. भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन् । सामाजिक संजालमा उनले दौरा सुरुवाल लगाएको कुरामाभन्दा पनि अधिकांश फेसबुक प्रयोगकर्ताले टोपी दिवसको अवसरमा उनले गरेको टिप्पणीलाई लिएर पुनरावृत्ति गराएका छन् ।

विवश घिमिरे नाम गरेका एकजना फेसबुक प्रयोगकर्ताले भट्टराईको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘हामीले डा.बाबुराम भट्टराईलाई औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै ज्ञापनपत्र बुझाउदा उहाँले हास्दै भन्नू भाको थियो मलाई यो अभियान विरोधि हो भनेर बजारमा प्रचारप्रसार गरिएको छ तर म यो अभियान विरोधि हैन। हिजो मेरो बुबाले पनि दौरासुरुवाल लगाउनु भएको थियो मलाई लगाउन केही समस्या छैन र छिट्टै लगाउछु भन्नू भाको थियो र आज पहिलोपटक उहाँलाई दौरासुरुवालमा देख्न पाइयो । धन्यवाद पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ।’

के दौरा सुरुवाल र गुन्युचोलीलाई राष्ट्रिय पोशाक बनाउने अभियानमा लागेको ? भनेका ती व्यक्तिकै आग्रहमा भट्टराईले दौरा सुरुवाल लगाएका थिए त ? डा. भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार डा. भट्टराईको साथमा यस्ता थुप्रै पहिरन घरमै छन् । हरेक जातजाति र भाषाभाषीका पहिरन र संस्कृति झल्कने चिज डा. भट्टराईले घरमै राखेका छन् । जुन आवस्यकता अनुसार लगाउने गरेका छन् ।

‘नेपाल विविध संस्कृति र भाषासहितको देश हो । हरेक जात जाति र भाषाको आफ्नै महत्व र विशेषता छ,’ भट्टराईका सहयोगी रोशनले भने, ‘हामीले यो खस समुदायमा आउँदा यहीँको पहिरन र संस्कृतिलाई महत्व दिएका हौँ ।’

पोखरेलका अनुसार भट्टराईले खस वाहुल्य समाजमा पुगेर दौरा सुरुवाल नै लगाउने भनी काठमाडौंमै तय गरिसकेका थिए । सोही अनुसार उनले यो पहिरन साथमै लिएर गएका थिए । नयाँ शक्तिको पार्टी अभियानको क्रममा यतिबेला डा. भट्टराई आफ्ना कार्यकर्ताको साथ जाजरकोटमा छन् । जहाँबाट उनले फेसबुकमा दौरा सुरुवालको फोटो पोस्ट गरेका थिए । रुकुमबाट आज बिहान मात्रै उनीहरुको टोली जाजरकोट पुगेको हो । जुन कार्यक्रम यही फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर समापन हुने बताइएको छ ।

 

देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो! pic.twitter.com/YQ2a8mBjPv

— Baburam Bhattarai (@brb1954) February 21, 2019

तस्बिर : बाबुराम भट्रराई र हिसिला यमीको फेशबुक/ ट्वीटरबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.