नेकपा बैठकमा कार्यदलकाे विवाद, अझै टुंगाे लागेन

नेकपा बैठकमा कार्यदलकाे विवाद, अझै टुंगाे लागेन

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बसेको नेकपाको सचिवालय बैठक अनिर्णयमा पुगेर टुंगिएको छ । दुई अध्यक्षबीच नै एकमत हुन नसक्दा बैठकले कुनै निर्णय गर्न सकेको छैन ।

सचिवालय बैठक बस्नुअघि दुबै अध्यक्षले कार्यदलका सबै सदस्यहरुको राय बुझेका थिए । यस क्रममा कार्यदलका प्रमुख रामबहादुर थापा बादलले लिखित रुपमै आफ्नो प्रतिवेदन समेत बुझाए । प्रस्तावसहित कार्यदलले एक साताको समय माग गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बस्ने बैठकले कार्यदलबारे टुंगो लगाउने छ । सचिवालयको बैठकमा भने अध्यक्ष केपी ओलीले नै कार्यदल विघटन गर्ने प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको छ । प्रचण्डलगायत बहुमत नेताहरु भने कार्यदल विघटन गर्ने पक्षमा छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.