भारतीय गोलभेंडाले सर्लाहीका किसान मारमा

भारतीय गोलभेंडाले सर्लाहीका किसान मारमा

मलंगवा : भारतीय गोलभेंडा बजारमा भित्रिएपछि सर्लाहीका गोलभेंडा किसान मारमा परेका छन् । पाँचदेखि आठ सयसम्म बिक्री हुँदै आएको एक क्यारेट गोलभेंडा अहिले एक सय ५० देखि दुई सयसम्म बिक्री हुुँदै आएको छ ।

गोलभेंडाले भाउ नपाएपछि गोलभेंडाका लागि पकेट क्षेत्र मानिएका सर्लाहीका किसान अहिले चिन्तित बनेका छन् । मूल्य नपाएपछि अहिले किसानलाई लागत उठाउनसमेत हम्मेहम्मे परेको छ । मूल्य नपाएपछि रोपाईं, गोडमेल, ढुुवानी, औषधि खर्चसमेत उठाउन नसकिने किसानले बताउँदै आएका छन् । अनियमित तरिकाले भारतीय गोलभेंडा देशमा भिœयाएर किसानलाई राज्यले मार्ने काम गरेको किसानले आरोप लगाएका छन् ।

जिल्लाको उत्तरी भेगका सर्वसाधारणको जीवनको आधार बनेको गोलभेंडा खेती भारतीय गोलभेंडाका कारण धरापमा पर्ने खतरा रहेको किसानको ठम्याइ छ । यस्तै अवस्था रहयो भने गोलभेंडा खेतीले किसानलाई ऋणमा डुुबाउने उनीहरूले बताए ।

हरिवन–२ अत्रौलीका शितल महतोले भारतीय गोलभेंडा आयात भएपछि यसपाली लगानी उठाउन नसकेको गुुनासो गरे । प्रतिक्यारेट गोलभेंडा अहिले एक सयदेखि एक सय ५० सम्म बेच्नुपर्ने बाध्यता छ । खेतमा सड्नका लागि छोड्नुभन्दा केही पैसा भए पनि बाध्य भएर बजारमा सस्तोमा बेच्नुुपरेको शितलको गुुनासो छ । अहिले मजदुर खर्च, ढुुवानी खर्च, औषधि खर्च सबै महँगो छ । तर, आफूले उत्पादन गरेको गोलभेंडा सस्तोमा बेच्नुपरेको छ । ‘यस्तै अवस्था रहयो भने अर्को वर्षदेखि किसान गोलभेंडा खेती गर्न छोड्छन्’, शितलले भने, ‘खेत बाँझो राख्छुु । तर, गोलभेंडा खेती गर्दिनँ ।’ २० वर्षदेखि गोलभेंडा खेती गर्दै आएको छुु । तर, यस्तो अवस्था कहिले आएको थिएन । यस वर्ष उखुुखेतीको हालत पनि त्यस्तै छ । नगदबालीको रूपमा चिनिएका गोलभेंडा र उखुुखेतीले यस वर्ष किसानको टाँट पल्टाउने काम गरेको छ ।

मूल्य नपाउँदा आफूजस्तो थुुप्रै किसानको तह लागेको हरिवन २ अत्रौलीकै चलितर महतोले बताए । यस वर्ष खर्चसमेत उठेन । तीन बिघामा गोलभेंडा खेती गरेको छुु । मूल्य नपाउँदा लगानीसमेत उठ्न सकेन । एक बिघामा एक लाखभन्दा बढी खर्च हुुन्छ । तर, मूल्य नपाउँदा आधा लगानीसमेत उठ्न सक्दैन ।

सर्लाहीबाट दिनको १२ ट्रक जान्छ । नवलपुुर, लालबन्दी र बागमतीबाट मात्र एक सयदेखि एक सय ३० टन गोलभेंडा निर्यात हुुने गरेको गोलभेंडा व्यापारी लालबन्दी–१ नवलपुुरका शम्भुु चौधरीले बताए । तर, भारतबाट मात्रै दैनिक यसको दोब्बर आयात हुुने गरेको छ । गत वर्षमा चिसोले गर्दा गोलभेंडा खेतमा क्षति हुुन्थ्यो । तर, यस वर्ष मौसमले साथ दिए पनि भारतीय गोलभेंडा भित्रिँदा किसानले मूल्य नपाएको चौधरीले बताए । हामीलाई पनि यस वर्ष नराम्रोसँग घाटा लागेको छ । अहिलेसम्म आफूलाई मात्र ११ लाख जति घाटा लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.