जेलभित्रै स्वस्थानी व्रतकथा र पूजा !

जेलभित्रै स्वस्थानी व्रतकथा र पूजा !

बेसीसहर : लमजुङ कारागारमा रहेका कैदीले गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी व्रत लिएर पूजा गरेका छन् । कारागारमा ७६ जना कैदी छन् । विगतका गल्ती र अपराध मोक्ष गर्न उनीहरु एक महिना स्वस्थानी ब्रत बसेकाे बताउँछन् ।

कारागारका ५ जना पुरुष कैदीले एक महिनासम्म ब्रत बसेका थिए । सांगेका दिन ३० जना ब्रत बसेर पूजा गरे । ‘विगतका गल्ती र अपराध भुल्न चाहन्छौं । मनलाई शान्ति मिलोस र दुःख कष्ट हरण होस भनेर स्वास्थानी पूजा लगाएका हौं ।’ कारागारका कैदी राजन पोखरेलले भने, ‘चिताएको पुग्ला नपुग्ला तर मनमा शान्ति मिलेको छ ।’

पूजामा कैदीहरु दिनदिनै कथा वाचन गर्थे र सुन्थे । दक्षिणा उठाएर २८ हजार जम्मा गरे । सांगे गर्दा बचेको रकम मानव सेवा आ श्रमलाई दिए । ‘धूपदीप, प्रसाद, पूजा सामग्री, खिर तरकारीमा २३ हजार खर्च भयो’, कैदीका नाइके आशीष रानाले भने, ‘बचेको ५ हजार १ सय ५५ रुपैयाँ सडक मानवको सेवामा खर्च ग¥यौं ।’ कैदीले मानव सेवा आश्रममा गएर रकम प्रदान गर्नुका साथै स्वस्थानीको प्रसाद पनि खुवाएका थिए ।

कैदीहरु स्वस्थानी ब्रत बसेर पूजा गरेको नौलो घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए । ‘आफू जहाँ रहे पनि मनलाई शान्त पार्नु राम्रो हो’, सुनारले भने, ‘पूजा गरेर कैदीहरु खुसी भएका छन् । मनलाई यसैगरी शान्त र सकरात्मक बनाउनुपर्छ ।’ प्रहरी नायब उपरीक्षक यादव ढकालले कैदीले कारागारभित्रै जगियालगाएर पूजा गरेको आफूले पहिलोपटक देखेको बताए । कैदीले प्रशासन, प्रहरी, अदालतका कर्मचारी र सञ्चारकर्मीलाई निम्ताएर प्रसाद खुवाए । दीपप्रज्वलनसँगै भजनकृतन र नाचगान गरेर उनीहरुले रमाइलो पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.