भारत-पाक 'शीतयुद्ध' : बीसीसीआईले हटायो इमरानसहित पाकिस्तानी क्रिकेटरको फोटो

भारत-पाक 'शीतयुद्ध' : बीसीसीआईले हटायो इमरानसहित पाकिस्तानी क्रिकेटरको फोटो

मुम्बई : जम्मु-कश्मीरको पुलवामामा ४४ जना भारतीय अर्धसैनिक मारिने गरी भएको आक्रमणपछि भारत र छिमेकी देश पाकिस्तानबीच शीतयुद्ध चर्किएको छ । यो आक्रमणमा पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदको हात रहेको दाबी भारतले गरिरहेका बेला पाकिस्तानले भने यसलाई ठाडै नकारिरहेको छ। 

पाकिस्तानमाथि आक्रोश पोखिरेको भारतले यही मेसोमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यो आक्रमणको निन्दा गर्दै मुम्बईस्थित वानखेडे स्टेडियमस्थित आफ्नो मुख्यालयबाट सबै पाकिस्तानी क्रिकेटरको फोटो हटाएको छ। 

बीसीसीआईले मुख्यालयबाट क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानसहित सबै पाकिस्तानी खेलाडीको तस्बिर हटाइदिएको हो । यसभन्दा पहिले पञ्जाब, कर्नाटक, राजस्थान, विदर्भ, दिल्ली र हिमान्चल प्रदेशसहित कयौँ राज्य क्रिकेट एसोसिएशनको मुख्यालयबाट सबै पाकिस्तानी क्रिकेटरको तस्बिर हटाइसकिएको छ । 

सबैभन्दा पहिले क्रिकेट क्लब इन्डिया (सीसीआई) आफ्नो एक रेस्टुरामा राखिएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर छोपेको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट मान्यता प्राप्त इकाई सीसीआईको मुख्यालय मुम्बईको ब्रेबोर्न स्टेडियममा रहेको छ। 

पुलवामामा १४ फेब्रुअरीमा भएको चरमपन्थी हमलामा ४४ जना भारतीय अर्धसैनिक बलका जवान मारिएका थिए । त्यसपछि भएको इन्काउन्टरका क्रममा तीन चरमपन्थी र मेजरसहित थप सात भारतीय सैनिकले ज्यान गुमाएका थिए । 

यस हमलाको जिम्मेवारी पाकिस्तानमा लुक्दै आएको भनिएको आतंकवादी संगठन जैस ए मोहम्मदले लिएको थियो । यो आत्मघाती हमलापछि भारतले इन्काउन्टका क्रममा यो हमलाका मास्टर माइन्ड भनिएका कामरानलाई आफ्नै अधिनस्थ कश्मिरमा मारेको दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.