विदेशी लगानी आकर्षित गर्ने विधेयक संसद्मा पेस हुने
![विदेशी लगानी आकर्षित गर्ने विधेयक संसद्मा पेस हुने](https://annapurnapost.prixacdn.net/media/albums/20180502125141_Sanghiya-samsad_661IfcfyFR.jpg)
काठमाडौं : विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ संघीय संसद्मा पेस हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले विधेयक संसदमा लाने स्वीकृत गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार विदेशी लगानी भित्र्याउन सरकारले ऐन संशोधन गर्न लागेको हो। विधयेकमा लगानी प्रक्रिया खुकुलो बनाउने प्रस्ताव गरिएको छ। त्यस्तै सञ्चालन प्रक्रिया पनि सहज बनाइने विधेयकमा उल्लेख छ।
प्रवक्ता भट्टराईका अनुसार लगानी फिर्ता लाने कुरामा पनि सहज बनाउन ऐन संशोधन गर्न लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए।
लगानी सरलीकृत गर्न एकद्वार प्रणालीेमा जाने सरकारको तयारी छ। सरकारले औद्योगिक प्रतिष्ठानको नियमित अनुगमन गर्ने तयारीसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)