नतिजामा असन्तुष्ट विद्यार्थीले गरे पोखरा विश्वविद्यालयमा तोडफोड, २२ पक्राउ

नतिजामा असन्तुष्ट विद्यार्थीले गरे पोखरा विश्वविद्यालयमा तोडफोड, २२ पक्राउ

पोखरा : प्रकाशित नतिजाप्रति असुन्तुष्टि जनाउँदै विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि पोखरा विश्वविद्यालय बन्द भएको छ। आन्दोलित विद्यार्थीमध्येबाट २२ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

इन्जिनियरिङतर्फ चौंथो वर्षको ७ औं सेमेस्टरको नतिजा बुधबार साँझ आएको थियो। नतिजामा अनियमितता भएको भन्दै विद्यार्थी आन्दोलित भएका थिए। कपी पुनःपरीक्षण गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

पदाधिकारी र कर्मचारीमाथि हातपात, कार्यालय तोडफोड र आगजनी भएको भन्दै विश्वविद्यालयले शुक्रबार सबै निकाय बन्द गर्ने विज्ञप्तिमार्फत सूचित गरेको छ। विद्यार्थीले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कुल अफ इन्जिनियरिङको भवन, स्ववियु कार्यालय लगायतमा तोडफोड गरेका थिए। 

प्रहरीले पोखरा विश्वविद्यालय स्ववियु सभापति सुनील तिमिल्सिना, पोखरा इन्जिनियरिङ कलेजका स्ववियु सभापति किशोर सुवेदी, नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, स्ववियु सदस्यहरु नरेश खनाल, गणेश रिमाल, आशीष केसी लगायतलाई प्रहरीले पक्रेको हो।

विद्यार्थीले विश्वविद्यालयको डिन कार्यालय र ग१च ७१७८ नम्बरको गाडीको सिसा फुटाएका छन् भने र विभिन्न विभागका झ्यालका सिसा पनि तोडफोड गरेका छन्। तोडफोडमा संलग्न विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.