प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन

प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन

दाङ : सवारी दुर्घटनामा परी घाइते भएका   प्रदेश ५ का सांसद उत्तरकुमार  वलीको निधन भएको छ । ललितपुरथित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे  २ बजे  निधन भएको सुरेश रावतले जानकारी दिएका छन् ।

 
सांसद वली गत माघ २४ गते बुटवलमा प्रदेशसभा बैठक सकेर घर फर्कदैं गर्दा दाङमा सवारी दुर्घटनामा परेका थिए । उनको कारलाई बसले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए । 

वलीको शव पोस्टमार्टम गरी बिहान ९ देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र आजै उनको शव गृह जिल्ला दाङ लगिने  तयारी भएको सुरेश रावतले बताए । सांसद वली नेकपाकातर्फबाट दाङ क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।  

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ५ बाट उम्मेदवार रहेका उनी  दीपक गिरीसँग पराजित भएका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा पूर्व सांसद बुद्धिराम भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.