कांग्रेस बैठक सर्‍यो

कांग्रेस बैठक सर्‍यो

काठमाडौं : बिहीबार बस्ने तय भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नबस्दै १२ गतेका लागि सारिएको छ। महासमितिबाट पारित विधानलगायत अन्य प्रस्ताव र नेविसंघको तदर्थ समिति टुंगो लगाउन बोलाइएको बैठक शीर्ष नेताबीच सहमति नहुँदा सरेको हो।

कांग्रेसको पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबार अनौपचारिक बैठक भए पनि औपचारिक बैठक बस्न सकेन। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमितिबाट केन्द्रीय समितिमा आएको विधानसहित अन्य ४ प्रस्तावमा अनौपचारिक बैठक र थप छलफल गरेर औपचारिक बैठक बस्ने सहमति नेताहरूबीच भएको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार सभापतिइतर पक्षका नेताले विधानमा नोट अफ डिसेन्ट लेख्ने तयारी गरेपछि सभापति देउवाले बिहीबारको बैठक स्थगित गरेका हुन्। पौडेलका अनुसार विधानमा शीर्ष नेताहरूबीच महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा तीव्र मतभेद छ। सभापति देउवा पक्षधर नेताहरू केन्द्रीय समिति सदस्य स्वतः प्रतिनिधि हुनुपर्ने पक्षमा छन् भने सभापतिइतर नेताहरू सबै प्रतिनिधि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने पक्षमा छन्।

यसैगरि नेविसंघबारे पनि कांग्रेसमा पछिल्लो समय मतभेद देखिएको छ। केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएपछि नेविसंघको एउटा पक्ष पार्टी कार्यालयमा धर्ना दिन पुगेको थियो। धर्ना दिन गएका विद्यार्थी नेताले पार्टीबाट पारित नेविसंघको विधानअनुसार ३२ वर्षमुनिका विद्यार्थी नेताको नेतृत्वमा तदर्थ समिति बन्नु पर्ने माग गर्दै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.