ग्यालेक्सी सिरिजका ३ नयाँ फोन सार्वजनिक

ग्यालेक्सी सिरिजका ३ नयाँ फोन सार्वजनिक

काठमाडौं : सामसङले ग्यालेक्सी एस १० सिरिजमा तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। एस १० सिरिजको स्मार्टफोन बहुप्रतिक्षित छ। १०औं वार्षिकोत्सवका अवसरमा कम्पनीले यो स्मार्टफोन सार्वजनकि गरेको हो। स्मार्टफोन मोबाइल वल्र्ड कांग्रेसमा प्रदर्शनीमा राखिनेछ।

पहिलो पटक डाइनामिक एमोलेड डिस्प्लेका साथ सार्वजनिक गरिएका यी स्मार्टफोनमध्ये दुइटा फ्ल्यागसिप मोडल र एउटा बजेट मोडलमा सार्वजनिक भएको हो। सामसङ ग्यालेक्सी एस १० र एस १० प्लस प्रिमियम मोडल हुन् भने ग्यालेक्सी एस १०ई बजेट स्मार्टफोन भएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एस १० मा ६.१ इन्च र एस १० प्लसमा ६.४ इन्चको डिस्प्ले छ। कम्पनीका अनुसार ग्यालेक्सी एस १० मा क्वाड एचडी प्लस रिजोलुसन छ। यसमा इन्फिनिटी ओ डिस्प्ले राखिएको छ। यो फोनमा एउटा सेल्फी क्यामरायुक्त १० मेगापिक्सेलको लेन्स छ। फोटोग्राफीका लागि तीनवटा १२, १२ र १६ मेगापिक्सेलका क्यामरा राखिएको कम्पनीले जनाएको छ।

क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर प्रयोग गरिएको फोनमा ८ जीबी र्‍याम छ। यो स्मार्टफोन केही बजारमा भने २.७ गिगाहर्जको अक्टाकोर एक्जनोस ९८२० प्रोसेसर राखिएका डिभाइस आउनेछन्। स्टोरेजतर्फ १२८ जीबी र ५१२ जीबी छ। यसको क्षमता एसडी कार्डमार्फत पाँच सय १२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ। फोनमा पावर ब्याकअपका लागि ३४ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ। इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरका साथमा आउने फोनमा ब्लू, ग्रिन, डार्क ग्रे र ह्वाइट कलर अप्सनमा आउनेछन्। यो फोनको न्यूनतम मूल्य ८९९.९९ अमेरिकी डलर हुनेछ।

त्यस्तै ग्यालेक्सी सिरिजमा ल्याएको ग्यालेक्सी एस १० प्लस टप अफ दी लाइन मोडल हो। यसमा धेरै फिचर छन्। क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर प्रयोग गरिएको फोनमा ८ जीबी र १२ जीबी र्‍याम अप्सनमा उपलब्ध हुनेछ। २.७ गिगाहर्जको अक्टाकोर एक्जनोस ९८२० प्रोसेसर राखिएका डिभाइस उपलब्ध हुनेछन्। स्टोरेजतर्फ १२८ जीबी, २५६ जीबी र १ टीबी स्टोरेजमा उपलब्ध हुनेछ। ग्यालेक्सी एस १० प्लसमा क्वाड एचडी प्लस रिजोलुसनका साथ आउने फोनमा इन्फिनिटी ओ डिस्प्ले राखिएको छ।

एस १० सिरिजको स्मार्टफोन बहुप्रतिक्षित छ। स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसमा प्रदर्शनीमा राखिनेछ।

कम्पनीका अनुसार फोनमा एस १० को जस्तै ट्रिपल क्यामरा र सेल्फीका लागि ड्युल क्यामरा छ। १२, १६ र १२ मेगापिक्सेलको मुख्य क्यामरा रहेको फोनमा सेल्फीका लागि १० र ८ मेगापिक्सेलको क्यामरा छ। ४१ सय एमएएच ब्याट्री क्षमताको साथमा आएको फोनले फास्ट चार्जिङ २.० सपोर्ट गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार फोनमा रिभर्स चार्जिङको सुविधा पनि छ। जसको मद्दतले अर्को मोबाइल फोन पनि चार्ज गर्न सकिनेछ। यो फोन ६ वटा कलरमा आउने जनाइएको छ। ग्यालेक्सी एस १० प्लसको मूल्य न्यूनतम ९९९.९९ अमेरिकी डलर हुने जनाइएको छ।

बजेट फोनको रूपमा आएको ग्यालेक्सी एस १० ई स्मार्टफोन सबैभन्दा कम्प्याक्ट र लो बजेट मोडलको फोन हो। ५.८ इन्चको फ्ल्याट डाइनामिक एमोलेड डिस्प्ले रहेको फोनमा फूल एचडी प्लस रिजोलुसन छ। यसमा इन्फिनिटी ओ डिस्प्ले र सिंगल लेन्स सेल्फी क्यामरा राखिएको छ। यसको रियर क्यामरा भने ड्युल लेन्स सिस्टममा रहेको कम्पनीले जनाएको छ। यसमा १२ र १६ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर छ। सेल्फी क्यामरा भने १० मेगापिक्सेलको छ। फोनमा एस १० मा जस्तै एउटै प्रोसेसर प्रयोग गरिएको छ। यो ६ र ८ जीबी र्‍याम अप्सनमा आउनेछ। फोनको इन्टरनल स्टोरेज एक सय २८ जीबी र दुई सय ५६ जीबी छ। ३१ सय एमएएच ब्याट्री क्षमताको साथमा आएको फोनमा वायरलेस चार्जिङको सुविधा छ। पाँच फरक कलर अप्सनमा आउने यो फोनको मूल्य सात सय ४९ अमेरिकी डलरबाट सुरु हुने कम्पनीले जनाएको छ। यी सबै फोन मार्च ८ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछन्। २१ फेब्रुअरीदेखि प्री अर्डर सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.