ओपो ए ७ र एथ्रीएसको बजार मूल्य घट्यो

ओपो ए ७ र एथ्रीएसको बजार मूल्य घट्यो

काठमाडौं : ओपोले आफ्नो ए ७ र एथ्रीएस स्मार्टफोनको मूल्य घटाएको छ। नेपाल ग्राहकलाई लक्ष्य गर्दै कम्पनीले उक्त स्मार्टफोनको मूल्य घटाएको हो। ओपोले ए ७ र ए ३ एस (२ र ३ जीबी भेरियन्ट)लाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ। अगस्ट २०१८ मा सार्वजनिक ए ३ एस दक्षिण एसियाली बजारमा १३.२ एमपी डुअल रियर क्यामेरा, ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो। कम मूल्यमा अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन चलाउन चाहनेका लागि लक्ष्य गरी यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, ए ७ भने बिगर ब्याट्री फोनका रूपमा नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो। ए–सिरिजअन्तर्गत सार्वजनिक यी दुवै फोन नेपालमा सर्वाधिक बिक्री हुन सफल फोन रहेको कम्पनीको दाबी छ। ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपालमा हाम्रा उत्पादनका लागि उपभोक्ताको निरन्तर माया र सहयोगका लागि हामी सदैव कृतज्ञ छौं। यही माया र सद्भावका लागि हामीले हाम्रा केही बेस्ट सेलिङ फोनमा विशेष छुटसहित आकर्षक मूल्यमा उपलब्ध गराएका हौं। नयाँ योजनाले उपभोक्तासँग थप नजिक ल्याउनेमा हामी विश्वस्त छौं।’ मूल्य समायोजनपश्चात अब ओपो ए ७ नेपाली बजारमा ३२ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध छ। त्यसैगरी, ओपो ए ३ एस (३ जीबी) २४ हजार पाँच सय ९० र ए ३ एस (२ जीबी) १८ हजार चार सय ९० मा उपलब्ध छ।

चार हजार दुई सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसहित ओपो ए७मा प्राकृतिक तस्विर खिच्ने चाहना पूरा गर्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहित) र १३.२ एमपी डुअल रियर क्यामेरा व्यवस्था गरिएको छ। त्यसैगरी, ओपो ए३एसमा १३.२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रन्ट क्यामेरा छ। फोनमा सुपर फुल स्क्रिनका साथ एआई ब्युटी प्रविधि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।मरा डिजाइनलगायत फिचर हुने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.