आठौं राष्ट्रिय खेलकुदका लागि महिला फुटबल टोली चयन

आठौं राष्ट्रिय खेलकुदका लागि महिला फुटबल टोली चयन

काठमाडौं : आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को महिला फुटबल टोलीको चयन गरिएको छ । रौतहट र पर्साबाट समान सात, बाराबाट दुई तथा धनुषा र सर्लाहीबाट समान एकएक खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको हो ।

रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी रानामगर, मेनुका नगरकोटी, सजनी ठोकर र सरु वाइबा, पर्साबाट सपना बस्नेत, रोशनी लिम्बू, एलिना रानामगर, सुनिताकुमारी तामाङ, शान्तिमाया गुम्बा, सानु मैनाली र ईशा थापामगर, बाराबाट विमनिभा तामाङ र प्रियंका गुरुङ, धनुषाबाट उमा गुरुङ तथा सर्लाहीबाट रोशनी श्रेष्ठ छन् ।

एथलेटिक्स खेलाडी छनोट

आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेश ३ का एथलेटिक्स खेलाडी छनोट भएका छन् । १५ पुरुष र १२ महिला गरी २७ खेलाडी छनोट गरिएको छ ।

पुरुषमा ललितपुरका खिलबहादुर कार्की, मकवानपुरका छिरिङ लामा थिङ, चितवनका अमृत, सिन्धुलीका सुवास थापा, काठमाडौंका धर्म महर्जन, ललितपुरका विकास ठकुरी, चितवनका भुवन महतो, चितवनकै ललित रावत, काभ्रेका दीपक गुरुङ, चितवनका जन्नुराम चौधरी, मकवानपुरका सन्तराम माझी, भक्तपुरका ईश्वरचन्द्र बस्नेत, सिन्धुलीका देवबहादुर खड्का, नुवाकोटका सनम राई र चितवनका पीताम्बर महता छन् ।

यस्तै महिलामा नुवाकोटकी रञ्जिता राई, भक्तपुरकी स्वागाता खाइजू, नुवाकोटकी पूजा राई, ललितपुरकी काजल विष्ट, काठमाडौंकी सन्तोषी श्रेष्ठ, काठमाडौंकी मेलिना श्रेष्ठ, मकवानपुरकी शर्मिला श्रेष्ठ, नुवाकोटीकी जनम ओस्ती, काभ्रेपलाञ्चोककी स्मृति श्रेष्ठ, भक्तपुरकी श्रयष्का शिल्पकार, काठमाडौंकी सरु खवास र चितवनकी सजिना लामिछाने छन् ।

कञ्चनपुर पहिलो

प्रदेश ७ छनोट प्रतियोगिताको महिला कबड्डीमा कञ्चनपुर पहिलो भएको छ । पुनर्वासमा भएको फाइनलमा कञ्चनपुरले दार्चुलालाई ६९–२३ ले पराजित ग¥यो । बाजुरा र कैलाली संयुक्त रूपमा तेस्रो भए । शुक्रबारदेखि पुरुष कबड्डी, फुल कन्ट्याक्ट कराँते, पुरुष बास्केटबल र महिला फुटबलको छनोट हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.