कालिकोटमा प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी

कालिकोटमा प्रभावकारी बन्दै समुदाय प्रहरी साझेदारी

कालिकोट : कालिकोटमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटको अगुवाईमा झण्डै चार महिनादेखि सञ्चालनमा रहेको 'समुदाय प्रहरी साझेदारी कार्यक्रम' जिल्लामा प्रभावकारी बन्दै गएको हो।

समुदाय प्रहरी साझेदारीअन्तरगत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक समेत अग्रसर हुन थालेका छन्। प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा विगतमा नागरिकमा खलबलिएको प्रहरीको सम्बन्ध पनि सुधार भएको छ।

अस्पतालको लापरवाहीका कारण प्रसूति हुन नसकेर ज्यान गुमाएकी चन्दा शाहाको पक्षमा भएको आन्दोलन, गत वर्ष सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका बेला आफ्नो सेवा सुविधाका विषयमा म्यादीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादीको पक्षमा भएको आन्दोलनलगायतका घटनाका कारण स्थानीयसँग बिग्रिँदै गएको प्रहरीको सम्बन्ध समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुधार गरेको छ। प्रहरीप्रतिको विश्वास समुदायमा बढ्दै गएको छ। 

'हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी' भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी नेपाल प्रहरीले जिल्लाका ९ वटै स्थानीय तह, ८२ वटै वडा र २५ वटा माध्यामिक विद्यायमा समिति बनाएर अभियान सुरु गरेको छ।

उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले बताए। उनले भने, 'हामीले विद्यार्थीलाई लक्षित गरी सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह तथा बाल यौन दुव्र्यहारसम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रम मार्फत गरिरहेका छौँ।' समुदायसँगको साझेदारीमा अस्पताल, धार्मिकस्थल, बजार लगायतको सरसफाइ अभियान चलाएका छौँ।' यो अभियानमा जिल्लाका स्थानीय सरकारले पनि सक्रियता देखाएको छ।

उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १० वर्षेदेखि दर्ता नविकरण नभएको सामुदायिक प्रहरी केन्द्र दर्ता, जिल्लाको विकट गाउँपालिका पलाँतामा प्रहरी अस्पतालका विशेषज्ञ डाक्टको सहभागीतामा निशुल्क स्वास्थ्य शिविर, गाउँमा प्रसूति हुन नसकेका महिला तथा अन्य बिरामीलाई प्रहरीको गाडीमा जिल्ला अस्पताल पुर्‍याउने, कारागारलाई किताब अभियानअन्तरगत ९ सयवटा पुस्तक जम्मा गरी जिल्ला प्रहरी कार्यालय जुम्लालाई २ सय पुस्तक सहयोग, जिल्लाको सदरमुकाम मान्म बजारमा सीसीटिभी क्यामेरा जडान, प्रहरीको काम कारबाही नागरिकलाई जानकारी दिने तथा जनताको गुनासो सुन्न ठाउँ ठाउँमा नागरिक सुनुवार्ई गर्ने लगायतका क्रियाकलाप संचालन गरिएका छन्। डीएसपी शर्माले भने, 'पहिले पहिले सानो समस्यामा पनि नागरिक जिल्लामै आउँथे।अहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरेपछि अपराधिक घटनाहरु न्यूनिकरण भई जिल्ला प्रहरी कार्यालयमा मुद्दा घटेका छन्। 

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा विशेषगरी घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको बताए। उनले भने, 'यस्ता कार्यक्रममा सहभागी भएका नागरिकले समुदायमा त्यस किसिमका घटना हुने वित्तिकै हामीलाई जानकारी गराउने र उजुरी गर्न थालेका छन्।

यसले गर्दा हामीलाई समाजमा अपराध रोक्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सहयोग पुगेको छ। प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय एउटा र ९ वटै स्थानीय तह, ८२ वटै वडा तथा २५ वटा बिद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ।

प्रहरीसँगको साझेदारी सम्झौता अनुसार आवश्यक सहयोग गर्दै आएको खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए। उनले विद्यार्थीलाई लक्षित गरी लागुऔषध, सडक सुरक्षा, साइबर अपराधको विषयमा विद्यालय सम्पर्क कार्यक्रम निकै प्रभावकारी भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.