नेकपाको एकता कार्यदल विघटन

नेकपाको एकता कार्यदल विघटन

काठमाडौं : सत्तारुढ दल नेकपाले एकता प्रस्ताव तयार पार्न गठन गरेको कार्यदलको म्याद थप नगर्ने भएको छ। शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकले म्याद एकता कार्यदलको म्यान थप नगर्ने  निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार तल्ला कमिटी र जनवर्गीय संगठनको एकताका लागि  बनाइएको कार्यदल विघटन गरी सचिवालयबाटै प्रस्ताव तयार पार्नुपर्ने प्रस्ताव राखेका थिए। 

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता भने कार्यदललाई एकसाता समय दिनुपर्ने पक्षमा उभिएका थिए। 

अर्का अध्यक्ष पुष्पकमल दाहाल कार्यदल विघटन वा म्याद थपका विषयमा खुलेका थिएनन्। दाहाल एकता प्रक्रियामा विलम्ब गर्न नहुने भन्दै विवाद गर्नतिर भन्दा अझै छलफल गरी सहमतिसाथ अघि जानुपर्ने मध्यमार्गी धारमा उभिएका थिए।

गत जेठ ३ मा पार्टी एकता भए पनि पार्टीका तल्लो कमिटीसम्म र जनवर्गीय संगठनको एकीकरण टुंगो लाग्न सकेको छैन । साथै एकतापछि नेताहरूको कार्यविभाजन र पोलिटब्यूरो गठन गर्न सकेको छैन। 

एकता प्रस्ताव तयार पार्न स्थायी समितिको पुसमा बसेको बैठकले कार्यदल बनाएको थियो। सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, रघुवीर महासेठ, योगेश भट्टराई, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य थिए।

अब सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार गरेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.