पाटनमै कुहियो करोडौंको सेतोचिनी

पाटनमै कुहियो करोडौंको सेतोचिनी

 जुम्ला : जिल्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेक तथा पाटन क्षेत्रमा संकलन गरि राखिएको करोडौंको जडीबुटी अर्थात् सेतोचिनी (खिरौँलो) कुहिएको छ। माघ महिनाभर लगातार भएको वर्षा र हिमपातका कारण पाटनमा सुकाउन राखिएको सेतोचिनी कुहिएर नष्ट भएको हो। गत कार्तिकदेखि पाटनमा व्यापारीहरुले संकलन गरेर सुकाउँदै आएको सयौँ क्वीन्टल सेतोचिनी एकै पटक कुहिएपछि व्यापारीहरुले करोडौंको नोक्सानी बेहोर्नु परेको छ।

चाखुरे लेक तथा पाटन क्षेत्रमा झण्डै ४० जना व्यापारीहरुले कम्तिमा पाँच सय बढी क्वीन्टल सेतोचिनी सुकाउन राखेका थिए। तर निरन्तर परेको भारी वर्षा र हिमपातका कारण सुक्नै नपाएर सेतोचिनी कुहिएको हो।   

जुम्लामै सुकेको सेतोचिनी प्रति क्वीन्टल ५० देखि ६० हजारमा बिक्री हुने गरेको छ। स्थानीय जडिबुटी व्यापारी दिपबहादुर बुढाले मात्रै खरिद गरेको झण्डै ३० क्वीन्टल बढी सेतोचिनी कुहिएको छ। 'पाटनमा राखेको सेतोचिनी घरमा ओसार्न नपाउँदै कुहियो, मेरो मात्रै १२ लाख बढीको नोक्सान भएको छ,' उनले भने, 'अब लगानी उठान समेत मुस्किल छ, संस्थाको ऋण काडेर गरेको व्यवसाय नै धरापमा पर्‍यो।'

सेतोचिनी कुहिँदा सबै व्यापारीलाई लगानी उठान धौधौ परेको  छ। जडिबुटी व्यापारी शिव बुढाका अनुसार सेतोचिनी संकलन प्रक्रिया झण्झटिलो भएकाले व्यापारीले समयमै ध्यान दिन नसके कुहिएर नष्ट हुने जोखिम हुन्छ। 'पाटनमा सेतोचिनी संकलनपछि त्यसलाई पानीमा पकाएर छिट्टै घाममा सुकाएर भण्डारण गर्नुपर्छ,' उनले भने, 'तर सेतोचिनी संकलन गरेको केही दिनभित्रै त्यसो गर्न नसके आफै कुहिएर जान्छ, जसका कारण संकलनकर्ताभन्दा व्यापारीलाई बढी घाटा हुन्छ।'

विगतका वर्षमा व्यापारीरले घरमा संकलनकर्ताले सुकाएको सेतोचिनी खरिद गर्दथे, तर यस वर्ष भने एकै पटक धेरै मुनाफा लिने ध्ययेले अधिकांश व्यापारीहरुले पाटनमै पुगेर काँचो सेतोचिनी संकलन गरेका थिए।

जसको कारण संकलनकर्ताभन्दा व्यापारीहरु अहिले घाटामा छन्। यस वर्ष जिल्लामा सेतोचिनीबाट मात्रै एक अर्ब बढीको कारोबार भएको छ। व्यापारीहरुले खरिद गरेको सेतोचिनी लगायतको जडिबुटी निर्यात गर्ने क्रम जारी छ। जडिबुटी निर्यातबाट जिल्लाका स्थानीय तहले करोडौँको राजस्व संकलन गर्ने लक्ष्य लिएका छन्।

हालसम्म तातोपानी गाउँपालिका ४ ले मात्रै २४ लाख बढी राजस्व संकलन गरिसकेको छ। अन्य गाउँपालिका तथा वडा पालिकामा समेत राजस्व जम्मा हुने क्रम जारी छ।      
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.