गगनको प्रश्न : प्रधानमन्त्रीले होच्याउँदै बोल्दै हिँड्ने, जनताको चाहिँ मुख थुन्ने

गगनको प्रश्न : प्रधानमन्त्रीले होच्याउँदै बोल्दै हिँड्ने, जनताको चाहिँ मुख थुन्ने

काठमाडौँ : नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् । 

फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती प्रविधि कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उनले जिकिर गरे । 

'सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, तर म आफैँ यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भने । उनले सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्ने नियतले ल्याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ पनि उनले कटाक्ष गर्न भ्याए । 'प्रधानमन्त्रीले हरेक दिन अरुलाई होच्चाउँदा हुन्छ', उनले भने,  'तर त्यसमा टिप्पणी गर्दा जनतालाई कानुनी सजाय दिने प्रस्ताव विधेयकमा राखिएको छ ।'

सांसद थापाले सरकारले ल्याएको विधेयकबाट जनताको मुख थुन्न खोजिएको पनि आरोप लगाए । 'शाही शासनका बेला राजा ज्ञानेन्द्रले आफ्नो आलोचना बन्द गर्न फोन काटेका थिए', थापाले भने, 'तर त्यसले न आलोचना बन्द भयो, न फोन, यो कुरा ख्याल गर्नुहोस् ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.