योगेश भन्छन् : सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ

योगेश भन्छन् : सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाललाई नेपालमा दर्ता गरिनु जरुरी रहेको बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सूचना तथा प्रविधिसम्बन्धी विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै सांसद भट्टराईले सूचना सञ्चारमाध्यम सेवा मात्रै भएनन् उद्योग पनि भइसकेकाले दर्ता अनिवार्य भएको उल्लेख गरे । 

‘सामाजिक सञ्जालको नियमन जरुरी छ, फेसबुकले मात्रै विज्ञापनका नाममा नेपाल वार्षिक १३ अर्ब भन्दा धेरै कारोबार गरिरहेको छ’, उनले भने, ‘त्यसैले सामाजिक सञ्जालको दर्ता महत्वपूर्ण छ । तर यसो गर्दा मौलिक हक, सञ्चारको हक र सूचनाको हकको संरक्षण जरुरी छ ।’

विधेयकका सूचनाको अदालत, सूचना केन्द्र, सामाजिक सञ्जाल व्यवस्थापन आदि राम्रा कुरा उल्लेखित भएको बताउँदै डाटाको सुरक्षा पनि गम्भीर विषय भएको उल्लेख गरे । 

‘नेपाल सामरिक हिसाबले महत्वपूर्ण स्थानमा छ, त्यसैले पनि डाटाको सुरक्षा जरुरी छ’, उनले भने, ‘अभिव्यक्ति, विचारको र प्रेस स्वतन्त्रतासहितका अकुण्ठित अधिकारहरुलाई विधेयकले सुरक्षित गर्नुपर्छ ।’

सांसद भट्टराईले हरेक मान्छेको फेसबुक, ट्वीटर एकाउन्ट दर्ता गर्ने नभइ फेसबुक र ट्वीटरका सञ्चालक कम्पनी नेपालमा दर्ता गर्ने कुरा विधेयकमा भएकाले यसबाट कसैले भ्रम पाल्न नहुने पनि स्पष्टिकरण दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.