बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

ललितपुर : नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शुक्रबार भेटवार्ता गरेका छन्। अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो।

अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राखेका थिए।त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

अध्यक्षले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको हुँदा वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान स्थायी सरकार लागिपरेको पनि बताए। चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए।

राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए।उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरणको रुपमा रहेको धारणा पनि व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.