निर्मला हत्या प्रकरण : बाबुआमाको धर्ना एक सय पाँच दिनमा स्थगित

निर्मला हत्या प्रकरण : बाबुआमाको धर्ना एक सय पाँच दिनमा स्थगित

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले धर्ना स्थगित गरेका छन्। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरु गरेको धर्ना शुक्रबार स्थगित गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि कात्तिक २५ गतेदेखि सुरु भएको धर्ना एक सय पाँच दिनपछि शुक्रबार स्थगित गरेका हुन्। करिब साढे तीन महिनादेखि धर्नामा बस्दा आमाबुवाको स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगीत भएको अधिकारकर्मीको भनाइ छ।

‘निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अहिलेलाई धर्ना स्थगित गरिएको छ’, शारदा चन्दले भनिन्,‘उहाँहरु उपचारका लागि काठमाडौं जानुहुन्छ। त्यसपछि दबाबका कार्यक्रम हुन्छन्।’ 

निर्मलाका बाबु आमाले ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया आरुशी चन्दको हातबाट जुस खाएर धर्ना स्थगित गरेका हुन्। 

‘७ महिना भइसक्यो, न्याय माग्दा पनि अहिलेसम्म न्याय पाइएको छैन्’ बुवा यज्ञराजले भने। सरकारले छोरीका बलात्कारी र हत्यारा सार्वजनिक गर्न नसकेकोप्रति भने उनले आपत्ति जनाए। 

यसअघि समेत यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गरिएको थियो। उनको औषधि सकिएको र निर्मलाकी आमा लक्ष्मीको स्वास्थ्यमा पनि समस्या देखिएपछि उनीहरुले फेरि काठमाडौं जाने तयारी गरेका छन्। लक्ष्मीलाई टाउँको, छाति दुख्ने र शरीर फुल्नेजस्ता समस्या छन्।

उनीहरुले उपचारबाट फर्किएर पुनः न्यायका लागि दबाब दिने बताएका छन्।  धर्ना स्थगित गर्नुअघि परिवारले हत्यारा पत्ता लगाउन माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टमार्फत् उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्। 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको शुक्रबार ७ महिना पुगेको छ। यद्यपि अहिलेसम्म पनि निर्मला हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुगेको छैन्। प्रहरीले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रुपले अघि बढाइरहेको बताए पनि निष्कर्षमा पुग्न सकेको छैन्। 

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.