चालक हत्या आरोपित शिक्षक १० वर्षपछि पक्राउ

चालक हत्या आरोपित शिक्षक १० वर्षपछि पक्राउ

 विराटनगर : मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा भएको मारुती भ्यान चालकको विभत्स हत्याको वास्तविकता १० वर्षपछि सार्वजनिक भएको छ। 

लामो अनुसन्धानपछि प्रहरीले को १ च ३८५० नम्बरको मारुती भ्यान लुट्नका लागि चालक झापाको विर्तामोड नगरपालिका-४ (साविकको अर्जुनधारा गाविस-२ ) का २७ वर्षीय दिपक पाण्डेको हत्या भएको रहस्य सार्वजनिक गरेको हो। 

हत्यामा झापाको अर्जुनधारा नगरपालिका-२ का ४३ वर्षीय शरण भट्राईले संलग्न भएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। उनका अनुसार घटना हुँदा ३३ वर्षका भट्राई पोखराको अन्नपूर्ण उच्च मावि र कसमस इन्टरनेशनल कलेजमा पढाउने गर्थे। 

मोरङको साविकको डाँगीहाट गाविस-४ (हालको बेलबारी-१० भाउन्ने) चोकको दक्षिणतर्फको चउरमा २०६५ साल चैत ३१ गते राति ११ बजे हत्या गरेर फालेको अवस्थामा पाण्डेको शव भेटिएको थियो। 

हत्या गरिएका व्यक्ति मारुती भ्यानका चालक भएको खुले पनि उनले चलाउने भ्यान भेटिएको थिएन्। पोखरामा बस्दै आएका शिक्षक भट्राईले पाण्डेसँग अन्तिमपटक टेलिफोनमा कुरा गरेको खुले पनि उनी पक्राउ परेका थिएनन्। 

२०६५ चैत ३१ गते पाण्डेसँग मोबाइलमा सम्पर्क गरेर विर्तामोड बजारबाट भ्यान रिजर्ब गरेर इटहरी हिँडेका भट्राईले बाटोमै पाण्डेको हत्या गरेको खुलेको एसपी केसीको भनाइ छ। 

भ्यानमा मोरङको पथरी बजार आइपुगेपछि शिक्षक भट्राईले झोलाबाट ‘स्लिपिङ पिल्स’ (निद्रा लगाउने औषधि) कोकमा मिसाएर चालकलाई खान दिएको खुलेको छ। कानेपोखरी आइपुगेपछि चालकले रिगांटा लाग्यो भन्दै भ्यान चलाउन सकेका थिएनन्। त्यसपछि आफैले भ्यान चलाएका भट्राईले अलिअघि पुर्याएर घाँटीमा पटक÷पटक धारिलो हतिष। प्रहार गरेको प्रहरीसँग बयान दिएका छन्। हत्या गर्ने पूर्व योजनाका साथ हतियार भट्राई आफैँले लिएर आएको खुलेको छ। 

चालक पाण्डेको हत्यापछि भ्यान आफैँ चलाएर पोखरा पुगेका भट्राईले पोखरा उपमहानगरपालिका-९ का हीरा गिरीको घरमा भ्यान राखेका थिए। भट्राईले पैसा आवश्यक परेको भनेर उक्त भ्यान राख्दै केही दिनका लागि भन्दै गिरीसँग ६५ हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ। 

हत्याको खबर सार्वजनिक भएपछि भट्टराई श्रीमती र छोरालाई मात्रै लिएर भारत छिरेका थिए। उनी लामो समयदेखि भारतको पानी ट्यांकीमा बस्दै आएका थिए। त्यहाँबाट काकडभिट्टा आएकोको सूचना पाएपछि फागुन ७ गते प्रहरीले पक्राउ गरेको हो।  उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ। 

भ्यान जाकटी राखेर ६५ हजार लिएर गायव भट्राई लामो समयसम्म नआएपछि गिरीले भ्यानका पार्टपूर्जा कवाडीका रुपमा पोखराकै जग्गुनारायण साहलाई बिक्री गरेको खुलेको छ। जग्गुनारायणको भने मृत्यु भइसकेको एसपी केसीले जानकारी दिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.