एपोलोमा युरोलोजी बिरामीलाई भारतीयसरह उपचार

एपोलोमा युरोलोजी बिरामीलाई भारतीयसरह उपचार

पोखरा : ख्यातिप्राप्त भारतीय अस्पताल इन्द्रप्रस्थ एपोलोले युरोलोजीका बिरामीको उपचारमा नेपालीलाई पनि भारतीय सरह सुविधा दिने जनाएको छ ।

सिंगापुर वा युरोपकै गुणस्तरको उपचार १५ गुणा सस्तोमा दिल्लीमै गर्ने अस्पतालका डा सुजित चौधरीले जानकारी दिए ।  रोबर्टबाट बिना अप्रेसन पिसाब र मुत्रथैलीसम्बन्धी रोगको उपचार गरिने उनले जनाए । ‘नेपालीको गच्छेले भ्याउने खर्चमा उपचार हुन्छ’, एपोलोले शुक्रबार पोखराको होटल ग्रान्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो भाषा, जीवनशैली र संस्कृति मिल्दोजुल्दो छ, त्यसैले बिरामीका लागि सहज वातावरण मिल्छ ।’

साना नानीहरुको मुत्रसम्बन्धी रोगको उपचार पनि पेट नचिरीकनै दुरबिन र रोबर्टबाट गर्ने प्रविधि आफूहरुसँग रहेको डा. चौधरीले बताए । डाक्टर अशुंमान अग्रवालले पिसाब चुहिने लगायत उपचार धेरै सजिलोसँग सस्तोमा गरिने जानकारी दिए । ‘सिंगापुर र बेलायतमा पनि उपकरण उही हो, तर हाम्रोमा जनशक्ति र भौतिक पूर्वाधारमा खर्च कम हुने हुँदा उनीहरुकहाँभन्दा सस्तोमा उपचार सम्भव छ’, उनले भने । 

डा. चौधरीले भारतमा बिमासम्बन्धी कार्यक्रम ‘आयुष्मान भारत’ ले ५ लाख भारुसम्मको कभर गर्दै आएकोमा त्यसभन्दा कमैमा पनि उपचार भइरहेको जानकारी दिए ।

युरोलोजीको उपचारमा आफूहरुलाई धेरै सफलता मिलेको जनाउँदै डा. अग्रवालले बिरामीलाई उपचारभन्दा रोकथाममै सजग हुनुपर्नेचाहिँ सुझाए । ‘बेलैमा उपचार नगरे उमेर बढ्दै जाँदा मृगौला फेल हुने, लिभरमा समस्या देखिने हुन्छ’, उनले भने । युरोलोजीसँग सम्बन्धित क्यान्सरको उपचारमा पनि आफूहरु सफल रहँदै आएको उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.