प्रधानमन्त्री ओली र बेलायती रक्षा साहायक मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बेलायती रक्षा साहायक मन्त्रीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती रक्षा साहायक मन्त्री मार्क ल्यांकास्टरबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ब्रिटिस गोर्खाको विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए। 

“ब्रिटिस गोर्खाको विषयमा उहाँहरुले एउटा टेक्निकल कमिटी बनाएर रिर्पोट तयार गर्नुभएको छ। त्यसको बारेमा उहाँले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ’,  सल्लाहकार डा.भट्टराईले भने, ‘टेक्निकल कमिटीले कसरी काम गर्‍यो। अहिले नयाँ प्याकेज तयार गर्दैछौं। ति प्याकेज सकारात्मक हिसाबले तयार गर्दैछौं। यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं।’ 

प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिनामा हुन लागेको लगानी सम्मेलनबारे पनि ल्यांकास्टरलाई जानकारी गराएका छन्। ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपाल भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको डा.भट्टराईले जानकारी दिए। 

शुक्रबार नै प्रधानमन्त्री ओलीले अष्ट्रियाकी विदेशमन्त्री केरिन क्नाइसलसँग पनि भेटवार्ता गरेका छन्। 

भेटमा विद्युत र केवलकारका विषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिए। ‘अष्ट्रियाको भूगोल र नेपालको भूगोल उस्तै भएकाले त्यहाँ प्रयोग गरिएको प्रविधि नेपालमा पनि उपयुक्त हुन्छ’, भट्टराईले भने, ‘खासगरी विद्युत र केवुलकार निर्माणका विषयमा छलफल भएको छ।’ 


  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.