कांग्रेसमा वाक्‍‍‍युद्ध

कांग्रेसमा वाक्‍‍‍युद्ध

काठमाडौं : कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको नयाँ विधान र नेपाल विद्यार्थी संघको विषयमा किचलो भइरहेका बेला थप विवाद देखिएको छ।

सभापति देउवाले बुधबार वीरगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइराला परिवारप्रति कटाक्ष गरे। त्यसअघि महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्ज पुगेर देउवाको आलोचना गरेका थिए। यसले नेताहरूबीचको मनमुटाव सतहमा देखिएको छ।

महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि विधान अनुमोदन भएको छैन। नेताहरूले भने विधान र संघको अन्तिम टुंगो लाग्ने दाबी गरिररहेका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताबीच अनौपचारिक कुराकानी चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक नेताहरूबीचको असहमतिका कारण बस्न सकेन। कांग्रेसले आउँदो आइतबारका लागि बैठक बोलाएको छ। यो अवधिमा पनि सहमति जुट्ने छाँटकाँट छैन। विधान सहमतिमै केन्द्रीय समितिबाट पारित हुने प्रवक्ता शर्माको दाबी छ। ‘पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी अनौपचारिक छलफल गरिरहेका छन्’, उनले भने, ‘यसको चाँडै टुंगो लाग्छ।’ बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीबीच विधानलाई अन्तिम रूप दिने विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.