'विश्व शान्तिमा नेपाल अब्बल'

'विश्व शान्तिमा नेपाल अब्बल'

काठमाडौं : विश्व शान्तिमा नेपालले निर्वाह गरेको भूमिकाले पुरानो मुलुकको कूटनीतिक छविले थप उचाई लिएको धारणा युरोपेली मुलुक अस्ट्रियाको छ। नेपालको औपचारिक भ्रमणमा रहेकी अस्ट्रियाकी विदेशमन्त्री करिन क्नायसलले नेपालको भौगोलिक जटिलता र भूपेरिवेष्ठित हुँदा विकासमा पर्ने असहजमा समेत बुझेको बताइन्।

उनले नेपालका सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा पनि गरिन्। नेपाल र अष्ट्रियाबीच शुक्रबार राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘सम्पदा संरक्षणका निम्ति नेपाली कालीगढलाई प्रशिक्षणमा सघाउने र ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन तत्काल १ लाख २० हजार युरो उपलब्ध गराइने छ।’

भूकम्पपछिको पुनःनिर्माण तथा पूर्वाधार निर्माणमा पनि सघाउन आफ्नो मुलुक उत्सुक रहेको पनि उनले सुनाइन्। जलविद्युत्मा लगानी, पर्यटन प्रवद्र्धन, उच्च प्रविधिमा सहकार्य, केवलकार प्रविधिलगायत विषयमा समेत उनले छलफल गरेकी थिइन्। लगानी सम्मेलनमा सहभागी रहने उनले बताइन्।

अस्ट्रियाको प्रविधिका नेपालको पहिलो केवलकार बनेको र अहिले पनि त्यही प्रविधिका केवलकार नेपालमा आइरहेका छन्। नेपालको विकास प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई सफल पार्न साथ रहने उनको भनाइ थियो। उनले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा पनि यस्तो धारणा राखेकी थिइन्।

ब्यापार लगानी प्रविधि र दीगो विकासका साथै वातावरण संरक्षणमा अस्ट्रियाको सहकार्य होस भन्दै आफूहरूले धारणा राखेको पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। बहुपक्षीय मञ्चका साथै अतिकम विकसिक देशका मामिलामा अष्ट्रियाले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री र परराष्ट्रमन्त्री ज्ञवालीले उनको प्रशंसा गरेका थिए।

नेपालको प्रशंसा

श्रीलंका भ्रमण सकेर नेपाल आएकी विदेशमन्त्री क्नायसलले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–अष्ट्रिया कुटनीतिक सम्बन्धको ६० औं वर्ष गाँठः ऊर्जा विकासमा क्षेत्रीय र विश्व्यापी अवस्था’ विषय अन्तक्र्रियामा नेपालको शान्तिप्रक्रियाको सफलता र विकासको अग्रसरताको खुलेर प्रशंसा गरिन्।

नेपाल र अस्ट्रिया सम्बन्धको बारेमा धारणा राख्दै नेपाल साच्चै प्रकृतिको सुन्दर र सम्पादाले भरिएको मुलुक भनी टिप्पणी गरिन्। कार्यक्रममा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महशाखा प्रमुख घनश्याम भण्डारीले अस्ट्रिया नेपालको एक पुरानो र भरपर्दो मित्र रहेको बताउँदै विकास र अन्तर्राष्ट्रिय मञ्चमा साथ रहने विश्वास ब्यक्त गरे।

अस्ट्रियाले १९८० देखि नै सोलखुम्बुको नाम्चे बजारमा साना जलविद्युत्मा सहयोग गरी आर्थिक सहयोग गर्दै आएको छ। करिब ४० वर्ष सहयोग यात्रामा उसले जलविद्युत्, पर्यटन, हिमाल आरोहण, पूर्वाधार विकास खाद्यान्न, नेपाली कागज, औषधि उत्पादन कला संस्कृतिको संरक्षण एव इन्जिनियरिङ सामान एवं परार्मश सेवा उपलब्ध गराउँदै आएको छ। नेपालले सन् २०१६ मा भियनामा नेपाली स्थायी नियोग स्थापना गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.