रेडपाण्डाको छालासहित एकजना पक्राउ

रेडपाण्डाको छालासहित एकजना पक्राउ

रुकुम पश्चिम : मुसीकोट नगरपालिका वडा नं. १ गिलबाङबाट प्रहरीले रेडपाण्डाको तीन थान छालासहित एक जनालाई पक्राउ गरेको छ। ग. ५ प. ११६५ नम्बरको मोटरसाइकमा चढेर आएका बाँफिकोट गाउँपालिका वडा नंं ३ कोलचौरका २३ वर्षीय विकास बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

रेडपाण्डाको छाला ओसार–पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो तीन बजेतिर छालासहित बिकलाई पक्राउ गरेको डीएसपी सुमित खड्काले जानकारी दिए। मोटरसाइकल पछाडि बस्ने प्रतीक भने प्रहरीलाई आक्रमण गरेर फरार भएको र आक्रमणबाट एकजना प्रहरी घाइते भएको डीएसपी खड्काले बताए । 

फरार व्यक्तिको खोजीकासाथै घटनाबारे थप छानबिन भइरहेको प्रहरीको भनाइ छ। ‘उच्च पहाडी क्षेत्र तथा हिमाली भेगमा पाइने रेडपाण्डाको तस्करी संगठित रुपमा भएको हुनसक्छ,’ डीएसपी खड्काले भने, ‘पक्राउ परेका व्यक्ति र बरामद गरेको छाला  जिल्लामा रहेको वन डिभिजनलाई जिम्मा लगाउने   उनले बताए । 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.