फिल्म फेहरिस्त

फिल्म फेहरिस्त

आफू प्रधानमन्त्री भएपछि मोहनशमशेर जंगबहादुर राणाले जनता रिझाउन ‘काठमाडौं सिनेमा हल’ नाम दिएर फिल्म हल खोले । साविकको सभागृहलाई नै फिल्म हलको रूप दिएर फिल्म प्रदर्शन गर्न थालिएको थियो । हलमा दर्शकको भीड यति लाग्न थाल्यो कि टिकट पाउनै मुुस्किल हुुन्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीका हाकिम नै पुग्थे । राजधानीका व्यापारी श्यामशंकर श्रेष्ठलाई फिल्म उपलब्ध गराउने जिम्मा दिइएको थियो ।

२००७ सालमा प्रजातन्त्र आएपछि गणेशमान सिंह उद्योग वाणिज्यमन्त्री बने । उनी मन्त्री भएपछि फिल्म देखाउन सारकारलाई मुुस्किल भएको भन्दै व्यापारीबाट फिल्म देखाउने व्यवस्था गर्न टेन्डर आह्वान गरे । जनताका तर्फबाट पहिलो फिल्म हल भित्याउने श्रेय दयारामभक्त माथेमालाई जान्छ । ‘गोरखापत्रमा विज्ञापन छापिएको देखेपछि मलाई पनि प्रतिस्पर्धामा भाग लिन मन लाग्यो र बढाबढमा भाग लिन श्री ५ महाराजाधिराजमा बिन्ती चढाएँ । महाराजाधिराजबाट अनुुमति पाएपछि मैले पनि टेन्डर हालेँ । यत्तिकैमा त्यो काम उद्योग वाणिज्य मन्त्रालयबाट गृह मन्त्रालयलाई सुुम्पिइयो । त्यस बेला गृहमन्त्री सूर्यप्रसाद उपाध्याय हुुनुुहुुन्थ्यो । मैले बढाबढमा भाग लिएको जानकारी मन्त्रीलाई गराएँ’, त्यति बेला राजपरिषद्का सचिव रहेका माथेमाले आफ्नो आत्मकथामा लेखेका छन् ।

२०११ साल वैशाखमा नेपालकै पहिलो निजी क्षेत्रको फिल्म हल खुल्यो । ‘जनसेवा सिनेमा हल’ नाम राखिएको यो हलमा ‘बादल’ नामक फिल्म पहिलोपटक देखाइएको थियो । नेपालमा फिल्म बन्न थालेकै थिएनन् । त्यसैले भारतबाट हिन्दी फिल्म ल्याएर देखाउनुपथ्र्यो, जुन सहज थिएन ।

त्यसपछि व्यवसायी श्यामशंकर श्रेष्ठले पनि हल खोल्न पाऊँ भनी निवेदन दिए । श्री सिनेमाको नाममा जमलमा उनले २०११ साल असोज २६ गतेदेखि हल खोलेपछि गृह मन्त्रालयमा फिल्म हल खोल्न निवेदन पर्ने क्रम ह्वात्तै बढ्यो । त्यति बेला गृह मन्त्रालयले देशभर ५४ वटा हल खोल्न अनुमति दियो । यसपछि ठमेलमा मुनलाइट हल खुुल्यो ।

पछिल्लो समयमा फिल्म हलको कन्सेप्ट नै परिवर्तन भएको छ । मल्टिप्लेक्स अवधारणापछि अहिले आएर सपिङ मलमा फिल्म हल खुल्ने क्रमले व्यापकता पाएको छ ।

राणाशासन पतनपछि उनीहरूले आफ्ना लागि फोहोरा दरबारमा प्रभा नामक हल खोले । त्यसपछि सिनेमा हल खोल्ने क्रम ह्वात्तै बढ्यो । २०१४ सालमा काठमाडौंमा जय नेपाल, रञ्जना, विश्वज्योति, पाटनमा अशोक र भक्तपुरमा नवदुुर्गा हल खुुले । जुन रफ्तारमा हल खुल्दै गएका थिए, त्यही रफ्तारमा बन्द पनि हुँदै गएका थिए । हल बन्द हुनुको मुख्य कारण नै फिल्म ल्याउन नसक्नु थियो । २०१८ सालमा जनसेवा हल आगलागी भएपछि हल बन्द हुने क्रम बढ्यो । जनसेवा जलेपछि रञ्जना हलले आफ्नो वर्चस्व कायम गरेको हो ।

पछिल्लो समयमा आएर भने फिल्म हलको कन्सेप्ट नै परिवर्तन भएको छ । मल्टिप्लेक्स अवधारणापछि अहिले आएर सपिङ मलमा फिल्म हल खुल्ने क्रमले व्यापकता पाएको छ । सपिङ मलमा किनमेल संस्कृति बढेसँगै यहाँ फिल्म हल अनिवार्यजस्तै बन्दै गएको हो । अहिले खुलेका प्रायः सबै सपिङ मलमा सुविधासम्पन्न फिल्म हल छन् । एउटै मलमा छानीछानी फिल्म हेर्न सकिने व्यवस्था छ । देशभरमा अहिले एक सय ८० को हाराहारीमा फिल्म हल सञ्चालनमा छन् ।

डिजिटल प्रविधिमा प्रदर्शन हुने भएकाले एउटै फिल्म एकैपटक जतिवटा हलमा पनि चलाउन सकिन्छ । ६५ वर्ष लामो फिल्म हलको इतिहासमा अहिले बक्स अफिस प्रणाली सुरु भएको छ । यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि कुन फिल्मले कति व्यापार गर्‍यो भन्ने स्पष्ट खाका आउँछ । ‘फिल्म निर्माणभन्दा पनि अहिले फिल्म हलमा गरिएको लगानी सुरक्षित देखिएको छ । त्यसैले पनि हल खोल्ने क्रम बढेको हो’, गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेल बताउँछन् । अहिले नेपालमा विश्वका विकसित सहरकै शैलीका हल सञ्चालन हुन थालेको उनको अनुभव छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.