जाजरकोटमा पनि एनसेल टावरमा आगजनी

जाजरकोटमा पनि एनसेल टावरमा आगजनी

 जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–१ जुरेलीस्थित एनसेलको टावरमा शुक्रबार राती आगजनी भएको छ।  आगजनी गर्नेको पहिचान हुन सकेको छैन। अज्ञात समूहले गए राती उक्त एनसेल टावरमा आगजनी गरेपछि रातीको ११ बजेतिर स्थानीय गएर आगो निभाएको प्रहरी नायव उपरीक्षक स्याम खत्रीले जानकारी दिए।

घटना हिजो साँझको भए पनि भौगलिक रुपमा विकट भएको हुँदा प्रहरीलाई बिहान मात्र जानकारी भएको जिल्ला प्रहरी प्रमुख खत्रीको बताए। उनले एनसेलको टावरमा ठूलो क्षति हुनबाट स्थानीयले बचाएको बताएका थिए। आगोले टावरमा जडान गरिएका ७ वटा सोलार सेट पड्किएको छ । आगोबाट सोलारका तारहरु जलेर नष्ट भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटाइएको प्रहरी टोली घटना स्थलमा पुगिसकेको भए पनि थप जानकारी प्राप्त हुन अझै केहि समय लाग्ने डिएसपी खत्रीको भनाइ छ।

गए राती नै ललितपुरको नख्खुस्थित एनसेल कार्यलयको गेटमा अज्ञात समूहद्वारा राखिएको शक्तिशाली बम विष्फोट हुँदा तीन जना घाइते भएका थिए। घाइते तीन जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.