सर्लाहीमा ट्याक्टर पल्टिएर आगो लाग्दा चालकको मृत्यु

सर्लाहीमा ट्याक्टर पल्टिएर आगो लाग्दा चालकको मृत्यु

मलंगवा : सर्लाहीको बहरथवा १६ गंगापुरमा शनिबार ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका १ का २५ वर्षीय राजेश महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् । 

शुक्रबार किनेर ल्याएको अन टेस्ट ट्याक्टरले खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको थियो । पल्टिएको ट्याक्टरबाट तेल चुहिएर ब्याट्रीमा पुगेको र ब्याट्री  सर्ट भएर आगो लाग्दा महतो जलेर गम्भीर घाइते भएका थिए । घाइते महतोलाई थप उपचारको लागि भरतपुर लाँदै गर्दा उनको ज्यान गएको प्रहरीले बताएको छ । ट्याक्टर धनी महतो आफैँ थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.