आफ्नै कारणले चुनाव हारेको डा. शशांकको स्वीकारोक्ति

आफ्नै कारणले चुनाव हारेको डा. शशांकको स्वीकारोक्ति

तनहुँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई बलियो अवस्थामा पुर्‍याउन सबैभन्दा पहिले आन्तरिक एकता बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तनहुँको बन्दीपुरमा आयोजित कार्यकर्ता प्रशिक्षणको उद्घाटनलाई सम्बोधन गर्दै उनले चुनावमा पराजय हुनुमा कम्युनिष्ट एकता मात्र नभएर पार्टीको आन्तरिक विभाजन कारक रहेको बताए ।

‘हामी आफैँ मिल्न नसक्दा चुनावमा हार हुन पुग्यो,’ उनले भने । पार्टीभित्र अझै पनि आन्तरिक एकता नहुँदा बलियो हुन नसकिएको उनले बताएका थिए । डा. कोइरालाले सरकारको कार्यशैलीको पनि आलोचना गरे ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको एकवर्षे कार्यकालमा महँगी निकै बढेको भन्दै आलोचना गरेका थिए । अपराधीलाई कारवाही गर्नुको साट्टा निर्दोषलाई फसाउन थालिएको भन्दै उनले सरकारको कार्यशैलीको चर्को आलचेना गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.