आहा रारा गोल्डकप : एपीएफसँग मनाङ स्तब्ध

आहा रारा गोल्डकप : एपीएफसँग मनाङ स्तब्ध

पोखरा : पाँच पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब विभागीय टोली एपीएफ क्लबसँग पराजित हुँदै आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा एपीएफले मनाङलाई १–० गोलले हरायो।

७०औं मिनेटमा एपीएफका प्रदीप लामाले कर्नर किकबाट पाएको बललाई सदुपयोग गर्दै गोल गरे। एपीएफका सन्तोष श्रेष्ठले प्रहार गरेको लामो कर्नर बललाई मनाङका खेलाडीलाई जिल्याउँदै लामाले हेड गोल गरेर आफ्नो टिमको जितका लागि महत्वपूर्ण योगदान दिएका थिए।

एक गोलले पछि परेपछि मनाङ दबाबमा परेको थियो। ७१औं मिनेटमा एपीएफले पाएको अर्को कर्नर अवसरलाई खेर फालेको थियो। एपीएफका सन्तोष श्रेष्ठले प्रहार गरेको बल विपक्षी पोस्टको नजिकैबाट बाहिरिएको थियो। यसअघि ६७औं मिनेटमा एपीएफका सुदीप सिखाकारले प्रहार गरेको बल मनाङका गोलरक्षकले बचाउ गरेका थिए।

मनाङ मर्स्याङ्दी क्लबले केही अवसर खेर फालेको थियो। २१औं मिनेटमा हेमन गुरुङको प्रहारलाई एपीएफका गोलरक्षकले बचाउ गरेका थिए। २२औं मिनेटमा कमल श्रेष्ठको प्रहारलाई पनि एपीएफका गोलरक्षकले विफल तुल्याइदिएका थिए। एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए।

खेलपछि मनाङका प्रशिक्षक टोप फुजाले आफ्ना खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताए। उनले विपक्षी टोलीले उत्कृष्ट खेल खेलेको बताए। एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टिमवर्क राम्रो भएकोले नै जित निस्केको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.