बन्‍ने भयो दलित छात्रावास

बन्‍ने भयो दलित छात्रावास

सुर्खेत : वीरेन्द्रनगरमा दलित छात्रावास बन्ने भएको छ। दशकअघि निर्माण सुरु भएको यो छात्रावास बजेट अभावमा अलपत्र परेको थियो। तर, संघीय सरकारले बजेट उपलब्ध गराएपछि अब भने निर्माण सम्पन्न हुने निश्चित भएको हो।

०६४ सालमा वीरेन्द्रनगरमा छात्रावास निर्माण थालिएको थियो। सुर्खेतमा उच्च शिक्षा अध्ययनका लागि आउने कर्णाली प्रदेश र पश्चिम क्षेत्रका दलित विद्यार्थीका लागि यो छात्रावास निर्माण गर्न लागिएको हो। सुर्खेतमा बस्न कोठा नपाइने र आर्थिक समस्याका कारण दलित विद्यार्थीलाई समस्या हुने भएपछि छात्रावास स्थापना गर्न लागिएको हो। तर, बजेट अभावकै कारण दशकसम्म छात्रावास निर्माण अलपत्र पर्दै आएको थियो।

दलित अधिकारकर्मीको लामो प्रयासपछि केन्द्र सरकारले छात्रावास निर्माणका लागि बजेट उपलब्ध गराएको हो। बजेट प्राप्त भएपछि भवन निर्माणको सबै काम सक्न करिब एक करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ। छात्रावास निर्माण गर्न पहिलो चरणमा ५० लाख बजेट प्राप्त भइसकेको सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जनाएको छ। कार्यालयका अनुसार काम सुरु भएपछि बजेट थप हुँदै जानेछ। ०६४ सालदेखि निर्माण सुरु भएको यो छात्रावासमा ३२ वटा कोठा हुनेछन्। यस्तै, ६४ जना अट्ने क्षमताको हुनेछ। छात्रावास निर्माण भएपछि छात्र र छात्रा दुवैका लागि प्रयोग हुनेछ। यस क्षेत्रका दलित विद्यार्थीलाई छात्रावास निर्माण भएपछि उच्च शिक्षामा सहज हुने अपेक्षा गरिएको छ।

दलित अगुवा भीमबहादुर परियारले हालसम्म छात्रावास निर्माण अलपत्र राखेर दलित विद्यार्थीमाथि विभेद गरिएको गुनासो गरे। विगतमा एक÷दुई लाख दिएर भवनको कामै नभएको भन्दै अब भने भवन निर्माण पूरा हुने उनको भनाइ छ। यस्तै, यो छात्रावास निर्माण तथा व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष विमल नेपालीले विगतमा दलित छात्रावास भनिएकै कारण बजेट आउन नसकेको बताए। ढिलै भए पनि बजेट प्राप्त भएकाले भवन बन्ने निश्चित भएको उनले बताए। छात्रावास निर्माण भएपछि यस क्षेत्रका दलित विद्यार्थीलाई सुर्खेतमा बसेर उच्च शिक्षा हासिल गर्न सहज हुने उनको दाबी छ।

सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले यस आर्थिक वर्षमा भवन बनिसक्ने जनाएको छ। इकाइ प्रमुख जगदीश लामिछानेले निर्माण कम्पनीसँग करिब एक करोडको ठेक्का सम्झौता भएको जानकारी दिए। यस्तै, काम सुरु गर्न संघीय सरकारबाट ५० लाख बजेट पनि प्राप्त भइसकेको उनले जानकारी दिए। काम गर्दै जाँदा अपुग रकम पनि आउने र अलपत्र रहेको छात्रावासको काम पूरा गरिने उल्लेख गरे। तत्कालीन अवस्थामा वीरेन्द्रनगरमा कोठा अभाव हुने र दलित विद्यार्थीले कोठा नै नपाउने समस्या भएपछि छात्रावास निर्माण अगाडि बढाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.