बालविवाह अन्त्यका लागि सडक नाटक

बालविवाह अन्त्यका लागि सडक नाटक

बैतडी : जिल्लाका विभिन्न स्थानमा नाटक र डेउडामार्फत बालविवाह अन्त्यका लागि सन्देश दिन थालिएको छ। स्थानीय भाषामै तयार पारिएका नाटक ठाउँठाउँमा प्रदर्शन गरेर बाल विवाह अन्त्यका सन्देश दिन थालेको नाटकमा सहभागी बल्देव केसीले बताए। उनले भने, 'हामीले एउटा नाटक समूह नै गठन गरेर बालविवाहले पार्ने असरका बारेमा गाउँगाउँमा सिकाउन थालेका छौं। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा नाटक प्रदर्शन भइरहेको छ।'

नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको केसीले बताए। उनका अनुसार ग्रामीण परिवेसमा जे कुरा देखिन्छ त्यही कुरालाई नाटकमा उतार्ने प्रयास गरिएको छ। यसले धेरै ठाउँमा परिवर्तन पनि ल्याएको छ।'

जिल्लाको साविकको सिद्धेश्वर गाविसमा नाटककै प्रभावले केही हदसम्म बालविवाह रोक्न सफल भएको नाटक टोलीका सदस्य नवराज ढाँटले बताए। उनका अनुसार मन छुने गरेर प्रस्तूति दिएकै कारण कतिपय अभिभावकले तयारी गरेको विवाह समेत रोकेका छन्।'

उक्त नाटक समूहले शनिबार बैतडीको देहीमाडौंमा नाटक प्रर्दशन गर्दा स्थानीयले निकै सन्देशमूलक भएको प्रतिक्रिया दिएका छन्। 'यस्ता नाटकले समाजमा केही न केही रुपमा प्रभाव पार्छ। भागेर विवाह गर्ने चलन छ। नाटकमा भागेर सानो उमेरमा विवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा देखाइएको छ।' शिक्षक तीलकबहादुर बोहराले भने, 'यस्ता सचेतनामूलक कार्यक्रमले बालविवाह न्यूनीकरणमा सहयोग पुर्‍याउन सक्छ।'

बालविवाह न्यूनीकरणका लागि दशरथचन्द नगरपालिका-२ को कार्यालय, इक्वेल एक्सेस नेपाल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले संयुक्त रुपमा आयोजना गरेको सूचना तथा मनोरञ्जनात्मक मेलामा नाटक समूहको प्रस्तूतिले बालविवाहका बारेमा जानकारी दिएको निङ्गलाशैनी माविका प्रधानाध्यापक प्रेमसिंह बोहराले बताए। उनले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि केही सहयोग गर्ने बताए।

बैतडीमा केही वर्ष अघि गरिएको सर्वेक्षणले ५९.५ प्रतिशत बालविवाह हुने गरेको थियो। तर अझै पनि बालविवाह गर्नेको संख्या घट्न नसकेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। उनका अनुसार बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयासहरु भएका छन्।तर अझै पार्याप्त मात्रामा सचेतना फैलाउन सकिएको छैन्। उनले बालविवाहको न्यूनीकरणका लागि स्थानीय सरकारले अग्रसर हुनुपर्ने बताए।

बालविवाह न्यूनीकरणकै लागि भनेर वडा/ वडामा निगरानी समूह गठन गरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन्। बालविवाह र महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि वडाहरुमा निगरानी समूह गठन गरेको र यो समूहले केही पहल गर्छ भन्ने आशा लिएको चन्दले बताइन्। गत भदौ १ गतेबाट सुरु भएको मुलुकी संहिता ऐनले २० वर्ष मुनिको विवाहलाई मान्यता दिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.