दिपक बोहरा र कमल थापा नेतृत्वको राप्रपाबीच एकता

दिपक बोहरा र कमल थापा नेतृत्वको राप्रपाबीच एकता

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दिपक बोहरा सहितको समूह र कमल थापा नेतृत्वको राप्रपाबीच एकता भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आइतबार पूर्वमन्त्री समेत रहेका बोहराको समूह राप्रपामा प्रवेश गरेको हो।

माघ १८ गते शुपति शमशेर राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीच एकता भएको थियो। तर, उक्त एकता प्रक्रियाबाट बोहरा सहितको समूह अलग्गिएको थियो।  बोहोरासँगै केशरबहादुर बिष्ट, विन्दू पहाडी, विष्णु भट्टराई, श्याम केसी, प्रदीप उदय, मिरा राणा लगायतका नेताहरूले एकता पक्रियालाई बाहिरिएका थिए। 

बरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक) राष्ट्रिय प्रजातन्त्र पार्टी संग एकिकृत हुने घोषणा समारोहको प्रत्यक्ष प्रसारण अहिले फाल्गुन १२ गते ११:४५ मा सगरमाथा टेलिभिजन र प्राईम टेलिभिजनबाट भैरहेको छ

— Kamal Thapa (@KTnepal) February 24, 2019

राप्रपाको फुट–जुट नियती

स्थापनाकाल देखि नै राप्रपाले पटक–पटक जुट र फुटको नियती व्यहोर्दै आएको छ। राजसंस्थाको छायाँमा २०४७ जेठ १५ गते स्थापनाकै दिन फुट व्यहोर्न पुग्यो।

पार्टी स्थापनाको दुई वर्षपछि अर्थात् ०४८ सालमा दुबै राप्रपा एक भए। पार्टी अध्यक्ष बने सूर्यबहादुर थापा। एकिकृत पार्टी ०५४ सालमा पुनस् विभाजन हुन पुग्यो। लोकेन्द्र बहादुर चन्दले राप्रपा (राष्ट्रवादी) गठन गरे। त्यसपछि ०५६ सालमा पुनः एकिकृत भयो। तर, नेता राजेश्वर देवकोटा पक्षले राप्रपा (राष्ट्रवादी)लाई जिवित नै राखे।

०६२ पुष २६ गते  महामन्त्री थापाले राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरे। ०७९ जेठमा राप्रपा(राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता भयो। एकिकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राखियो। त्यसपछि ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो। त्यसलगत्तै राप्रपाका अर्का प्रभावशाली नेता डा.लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गरे।

सरकारमा सहभागिताको विषयमा अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि ०७४ साउनमा राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए। केही समयअघि थापा र राणा राप्रपाको एकता प्रक्रिया अघि बढेपनि सैद्धान्तिक कुरा नमिलेपछि गत २५ कात्तिकमा कुरा भाँडिएको थियो।


राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दिपक बोहरा नेतृत्वको  राप्रपा (प्रजातान्त्रिक) बीच एकताको सहमति पत्रः

देशमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सन्दर्भमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दिपक बोहराले नेतृत्व गर्नुभएको  राप्रपा (प्रजातान्त्रिक) बीच एकता गर्ने सहमति भएको छ।

सहमतिका आधारहरू

१) राप्रपा एकता महाधिवेशनबाट निर्णय भएको नीति, विधान र नेतृत्व एकताको मूल आधार हुनेछ।

२) सम्बर्द्धनवाद राप्रपाको वैचारिक दर्शन हुनेछ। पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको वैचारिक आधारस्तम्भ हुनेछ।

३) राप्रपाको सिद्धान्त, नीति र आदर्शप्रति प्रतिबद्ध रहंदै नेपालको संविधानलाई उपयोग गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीति रहने छ।

४) पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने छ। पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाई सुदृढ तुल्याइने छ। यस प्रयोजनको लागि केन्द्रमा पार्टी अध्यक्ष को अध्यक्षतामा ११ सदस्यीय निर्देशन समिति गठन गरिने छ। पार्टीको महत्वपूर्ण नीति र अन्य विषयहरूमा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ।

५) पार्टी विभाजन हुँदा राप्रपा (प्रजातान्त्रिक) मा रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरू साविक बमोजिमको पदमा कायम रहने छन्। अन्य सदस्य र पदाधिकारीहरू सहमतिको आधारमा थप गरिने छ।

६) पार्टी विभाजन हुँदा कायम रहेका जिल्ला अध्यक्ष र पदाधिकारीहरू साविक बमोजिम कायम गरिने छ। विवाद भएको जिल्लामा निर्देशन समितिले आवश्यक निर्णय गर्नेछ।

७) समान विचारधारा भएका राजनीतिक दलहरुसंगको एकता प्रयासलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने छ।

कमल थापा

अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

दिपक बोहरा

वरिष्ठ उपाध्यक्ष, राप्रपा (प्रजातान्त्रिक)

मिति : १२, फागुन २०७५                


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.