नेविसंघकाे झडपमा पत्रकार पनि घाइते
काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आइतबार नेविसंघका दुई समूहबीच झडप हुँदा पत्रकार पनि घाइते भएका छन्।
विद्यार्थीहरूबीच एकआपसमा ढुंगा हानाहान भएको थियो। झडप नियन्त्रणको लागि प्रहरीले गरेको लाठीचार्जबाट पत्रकार केवश साउद पनि घाइते भएका हुन्। 'कार्ड देखाउँदा देखाउँदै म माथि लाठी चार्ज गरियो' पत्रकार साउदले अन्नपूर्णसँग भने,'यस्तो भएपछि कसरी काम गर्न सकिन्छ।'
पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीहरू त्यसमा सन्तुष्ट छैनन्।