सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एक घाइते
सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा दुघौली नगरपालिका ९ का ७० वर्षीय पाण्डे कुबर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुधौली बजारबाट सोही वडाको तावाखोलातर्फ जाँदै गरेको ना ५ त ३८२९ नम्बरको ट्याक्टर दुधौली नगरपालिका ९ स्थित भित्री सडकखण्डमा शनिबार राति करिब ९ बजे अनियन्त्रित भई दुर्घटना हुँदा कुबरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकार दिए।
'घटनामा गम्भीर घाइते भएका कुबरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि सिराहस्थित मंगलमय अस्पताल पठाइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको उपरीक्षक थापाले जानकारी दिए।
घटनामा ट्याक्टर चालक सिराह जिल्ला भित्ताघाँस गाउँपालिका २ का १७ वर्षीय कृष्णबहादुर कार्की समान्य घाइते भएका छन्। उनको उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालिएको पनि प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।