विप्लवको पार्टीले लियो विस्फोटको जिम्मा

विप्लवको पार्टीले लियो विस्फोटको जिम्मा

ललितपुर : देशभर भएका शृंखलावद्ध विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्‍लव निकट नेकपाले लिएको छ। केहीदिन यता राजधानी सहित देशका विभिन्न भागमा भएका बम विस्फोट र आगजनीमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

ललितपुरको नख्खु स्थित एनसेल कार्यालयलाई लक्षित गरी भएको विस्फोटमा लमजुङका सिंह बहादुर गुरुङको मृत्यु भएको थियो। घटनामा घाइते दुई जनाको उपचार भइरहेको छ।

अन्नपूर्णको सम्पर्कमा आएका विप्लव निकट नेकपाका दुई नेताले पछिल्ला दुईदिन यता भएका घटना पार्टीको नीति अनुसार भएको पुष्टी गरे। उद्यपी दुबैजनाले समाचारमा नाम उल्लेख गर्न मानेनन्।आइतबार साँझसम्म यी घटनामा पार्टीको संलग्नताबारे आधिकारिक धारणा सार्वजनिक गर्ने ती नेताहरूले गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.