दुई मन्त्रीलाई प्रधानमन्त्रीले कुराए तीन घण्टा

दुई मन्त्रीलाई प्रधानमन्त्रीले कुराए तीन घण्टा

काठमाडौं : समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुई मन्त्रीलाई तीन घण्टा कुराएका छन्।

प्रधानमन्त्री ओलीले कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई तीन घण्टासम्म कुराएका हुन्।

प्रधानमन्त्रीले दुई मन्त्रीसहित मातहतका सचिव, सहसचिव, विभिन्न आयोजनाका प्रमुख, विज्ञ तथा वैज्ञानिकलाई कृषि तथा भूमिसूधारका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा डाँकेका थिए। 

दुवै मन्त्रालयका मन्त्रीसहितका अधिकारी निर्धारित समय बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका थिए। प्रधानमन्त्री ओली भने दिउँसो २ बजेमात्रै कार्यक्रममा सहभागी भएका थिए। 

कृषि तथा भूमिसुधारका विषयमा गहन छलफल गर्ने योजना तयार गरेर आयोजना गरेको कार्यक्रम अन्ततः ४५ मिनेटमै सकिएको थियो। 

छलफलमा प्रधानमन्त्री ओली सहभागी हुन ढिला गरेपछि विज्ञले गुनासो गरे। प्रधानमन्त्री आफैँ समय दिएर तीन घण्टासम्म सहभागी सबैलाई कुराउन बाध्य बनाए। प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सहभागीले मोवाइल चलाएर तीन घण्टा कटाएका थिए। 

ढिलो गरी पुगेका प्रधानमन्त्री ओलीले कृषि तथा भूमिसुधारका पक्षमा केही पनि नभएको विषयलाई अस्वीकार गरे। तरकारीले बजार नपाएर किसानले खेतमै डोजर लगाएको घटना कोट्याउँदै प्रधानमन्त्री ओलीले भने,‘तरकारीमा डोजर लगाउनुपर्ने अवस्था थिएन, आवेशमा आएर उत्तेजनामा आएर हो।  केही उक्साउने पक्ष पनि छन्, जसले आन्दोलन मन पराउँछन्।’

किसानले उत्पादन गरेको तरकारी र टमाटरलाई मन नपराउने नेपालीले भारतका बाबा रामदेवको संस्थाले तयार पारेको टमाटरको अचार भने निक्कै स्वाद मानेर खाने गरेको प्रधानमन्त्री ओलीले व्यङ्ग्यसमेत गरे। 

कृषिमा नेपाललाई सबल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुख्य भूमिका खेल्नुपर्ने र भूमिसुधार मन्त्रालयले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव दिए। 

समयमा अकाशे पानी परेर मात्रै खाद्यान्नको उत्पादनमा वृद्धि नहुने तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पानीकै कारण उच्च परिमाणमा खाद्यान्न उत्पादन हुने भए बंगालमा अत्याधिक पानी पर्छ। त्यहाँ त सर्वाधिक धान उत्पादन हुनुपथ्र्यो।’
 
प्रधानमन्त्री ओलीले नेपालीको खानेबानीमा आएको परिवर्तनका कारण कृषिजन्य वस्तुको आयात दर वृद्धि भएको दाबी गरे। उनले आगामी वर्षका लागि बजेट ल्याउनुअघि आवधिक योजना (मास्टर प्लान) ल्याउन कृषिमन्त्री खनाललाई निर्देशन दिए। ओलीले प्रविधि र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने सुझाव दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.