विनायक शिक्षा र फुटसल एरिना पहिलो

विनायक शिक्षा र फुटसल एरिना पहिलो

भक्तपुर : विनायक शिक्षा निकेतन स्कुलको फुटबल क्लव र फुटसल एरिना रियल कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो भएका छन्।

भक्तपुरको मध्यपुर थिमीस्थित रियल फुटबल क्लवद्वारा आयोजित प्रतियोगिताअन्तर्गत १६ वर्षमुनि पुरुषतर्फको फाइनलमा शिक्षा निकेतनले नेपाल तारालाई १–० गोलले हराएको हो।

उक्त उमेर समूहको स्पर्धामा विनायक शिक्षाका सूर्य गोले उत्कृष्ट खेलाडी बन्दा अमर श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। नेपाल ताराका अनिश दुलाल भने प्रतियोगिताभर सर्वाधिक गोलकर्ताले पुरस्कृत भए।

त्यस्तै १६ वर्षमुनि महिलातर्फ फुटसल एरिनाले छहारी शिक्षा सदनलाई १–० गोलले नै पन्छाएर पहिलो भएको हो। उक्त स्पर्धामा विजेता फुटसल एरिनाकी उपासना लिम्बू उत्कृष्ट खेलाडी घोषित भए।

एरिनाकै मनिषा बास्कोटा सर्वाधिक गोलकर्ता बन्दा छहारीकी आशिका श्रेष्ठ उत्कृष्ट गोलरक्षक बनिन्।

यसैगरी प्रतियोगिताकै १२ वर्षमुनि छात्रतर्फको फाइनलमा सोसियल वेलफेयर सुटर्स क्लवलाई २–० गोलले हराउँदै पहिलो भयो। उक्त स्पर्धामा विजेता वेलफेयरका आयुष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। एड्भान्स एकेडेमीका रमित खड्का सर्वाधिक गोलकर्ता बने। सुटर्सका श्रीजल गुभान्जू उत्कृष्ट गोल रक्षक बन्न सफल भए।

प्रतियोगिताका विजेता टीम तथा स्कुल र खेलाडीहरुलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगिताअन्तर्गत १६ वर्षमुनि पुरुषमा २०, महिलातर्फ १६ र १२ वर्षमुनि छात्रतर्फ १९ वटा टीम तथा स्कुलहरुको सहभागिता रहेको आयोजक रियल फुटबल क्लवका अध्यक्ष बालगोपाल साहुखलले जानकारी दिए।

नेपाली फुटबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका साहुखलले सानैदेखि फुटबल खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए।

प्रतियोगिताको सहआयोजकको रुपमा मध्यपुर थिमी नगरपालिका रहेको थियो भने भक्तपुर जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको रियल फुटबल क्लवले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.