महिला विश्वकप छनोट प्रतियोगिता : नेपाललसँग हङकङ चार विकेटले पराजित

महिला विश्वकप छनोट प्रतियोगिता : नेपाललसँग हङकङ चार विकेटले पराजित

काठमाडौं : थाइल्यान्डमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले आइतबार हङकङलाई चार विकेटले हराएको छ। जितसँगै नेपालले अगाडि बढ्ने सम्भावना कायमै राखेको छ। जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको नेपालले तीन जित हात पारेको छ भने एक खेलमा पराजय भोगेको छ। 

प्रतियोगितामा सबैभन्दा बलियो मानिएको आयोजक थाइल्यान्डसँग पराजित भएका कारण नेपालले अब अगाडिको यात्रा तय गर्न आफ्नो आगामी खेलमा उत्कृष्ट प्रदर्शन गरेरमात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ।

आइतबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.३ ओभरमै ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो। 

नेपालको जितमा नेरी थापाको योगदान महŒवपूर्ण रह्यो। हङकङलाई ठूलो योगफल तयार पार्नबाट रोक्न नेरीले ६ विकेट लिइन्। नेरीले चार ओभर बलिङ गर्दै आठ रन खर्चिएकी थिइन्। उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन्।

सीता रानामगरले पनि दुई विकेट हात पारिन्। हङकङका लागि मरिना लामप्लोघले सर्वाधिक १९ रन बनाइन्। ओपनर यासमिन दसवानीले १६ र बेल्ला पुनले ११ रन जोडे। 

हङकङका अन्य खेलाडीले भने दोहोरो संख्यामा रन बटुल्न सकेनन्। जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रनको योगदान गरिन्। उनले ३५ बलको सामना गरी तीन चौका पनि प्रहार गरिन्।

केवल २४ रनको कुल स्कोरमा माथिल्ला तीन खेलाडीलाई गुमाएपछि दबाबमा परेको नेपाललाई अप्सरी र सरिता मगरले जिततर्फ अग्रसर गराएका थिए। सरिताले ३० बलमा अविजित १६ रनको बनाइन्। 

टोलीको कुल स्कोर पाँच रन रहँदा काजल श्रेष्ठ (चार रन) पहिलो विकेटका रूपमा पेभेलियन फर्किएकी थिइन्। त्यसपछि सीता रानामगर शून्य रनमै आउट भइन्। इन्दु बर्मा पनि चार रनभन्दा अगाडि बढ्न सकिनन्।

कप्तान रुविना क्षत्रीले ६ बलको सामना गरी एक चौकाको मद्दतले ६ रन बनाइन्। रोमा थापाले दुई र नेरी थापाले अविजित एक रन जोडे। हङकङकी बलर जसमिन तिमुसले तीन विकेट लिइन्। सात टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ। नेपालले सोमबार आफ्नो पाँचौं खेल चीनसँग खेल्नेछ। त्यसपछि नेपालले आगामी बुधबार कुवेतसँग आफ्नो अन्तिम खेल खेल्नेछ।

आफूले खेलेका चारवटै खेलमा जित हात पारेको थाइल्यान्ड आठ अंकसहित तालिकाको पहिलो स्थानमा छ। पाँच खेलबाट आठ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) दोस्रो स्थानमा छ। यूएईलाई एक खेलमा नेपालले नै हराएको थियो। पाँच खेल खेलेको चीन ६ अंकसहित तेस्रो र चार खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले २० ओभरको यो प्रतियोगितालाई टीट्वेन्टी र ५० ओभरको विश्वकप छनोट प्रतियोगिताका रूपमा लिएको छ। प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोलीमात्र सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभरको विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.