कांग्रेसको नयाँ विधान बहुमतबाट पारित

कांग्रेसको नयाँ विधान बहुमतबाट पारित

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असहमतिका बीच पार्टीको विधान पारित गरेको छ। महासमिति बैठकले नयाँ विधान टुंगो लगाउन केन्द्रीय कार्यसमितिमा पठाएको थियो। राजनीतिक प्रस्ताव, आर्थिक नीति प्रस्ताव, महामन्त्रीहरू र कोषाध्यक्षको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएका छन्।

नयाँ विधानअनुसार महाधिवेशन प्रतिनिधि बन्न केन्द्रीय नेता तल्लो तहबाट चुनिएर आउनु नपर्ने भएको छ। राजनीतिक प्रस्तावमा धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता उल्लेख छ। विधानमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसद सिटौला पक्षले असन्तुष्टि जनाएका छन्। पौडेल, सिटौलासहित अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, दिलेन्द्र बडू, रामकृष्ण यादव, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताले फरक मत लेखेका छन्।

महासमिति सदस्यको सुझाव सभापति शेरबहादुर देउवाले नटेरेको उनीहरूको गुनासो छ। उनीहरूले महासमिति बैठकमा उठेका कुरा समेटेर विधानको टुंगो लगाउनपुपर्ने माग गर्दै आएका थिए। केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि स्वतः बन्न पाउने कि नपाउने भन्नेमा विवाद थियो। महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने आवाज महासमितिमा उठेको थियो।

नेता सिटौलाले महासमिति बैठकमा दुईतिहाइभन्दा बढीले उठाएको आवाज केन्द्रीय कार्यसमितिले उल्टाएकाले फरक मत लेख्न बाध्न भएको बताए। ‘यसले आन्तरिक एकतादेखि समग्र पार्टीलाई नोक्सान पु¥याउँछ’, उनले भने, ‘पार्टी विधानजस्तो कुरा यसअघि कहिले पनि यसरी पारित गरेको इतिहास छैन।’

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस भएपछि सभापति देउवाले पारित गर्न आग्रह गर्दा वरिष्ठ नेता पौडेललगायतले विरोध गरेपछि बहुमतबाट पारित गरिएको थियो।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने महासमितिबाट आएको विधान लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पारित गरिएको बताए।

आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साँझ ५ बजे सुरु भएको थियो। बैठकमा राजनीतिक प्रस्तावमा पुष्पा भुसाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, दिलेन्द बडू र चन्द्र भण्डारीले फरक मत राखेका छन्। महामन्त्री डा. शशांक कोइराला भने मौन बसे। कोइराला परिवारका शेखर कोइराला र सुजाता कोइराला बैठकमा अनुपस्थित थिए।

महासमिति बैठक मंसिर २९ देखि ८ पुससम्म काठमाडौंमा चलेको थियो। विधान मस्यौदालाई लिएर लामो विवाद भएको थियो। पाँच दिनका लागि बोलाइएको महासमिति बैठक एक साताभन्दा बढी लम्बिएको थियो। महासमितिले विधानसहित अन्य प्रस्ताव केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरेको थियो।

१० माघदेखि बस्न थालेको केन्द्रीय बैठकमा नेताहरू विभाजित हुँदै आएका थिए। शनिबार देउवा निवासमा पौडेल र सिटौलासहितको सहभागितामा अनौपचारिक बैठक बसेको थियो। आइतबारको बैठकले नेपाल विद्यार्थी संघको बारेमा भने निर्णय गरेको छैन।

नेवि संघका दुई पक्षबीच झडप

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिन गएका नेपाल विद्यार्थी संघका दुई समूहबीच आइतबार झडप भएको छ। नेता कृष्णप्रसाद सिटौला पुग्दा देउवा पक्षका विद्यार्थी नेताले अवरोध गर्न खोजेपछि झडप भएको हो।

१२ विद्यार्थी नेता घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। बिहीबार उपसभापति विमेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतसँग भनाभन भएको थियो।

नेवि संघमा अराजकता हाबी भएको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने माग देउवा पक्षले माग गरेको छ। संघका नेता ऋषिकेशजंग शाह नेतृत्वले मौन प्रदर्शन गरेको थियो। उनीहरूका ब्यानर अर्को समूहले च्यातेपछि झडप भएको शाहले बताए। निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहका नेता सुशील भट्टले तदर्थ समिति गठनको माग गर्दा आफूहरूमाथि आक्रमण भएको दाबी गरे। उनीहरूले ३२ वर्षे उमेरहद कायम गर्न माग गर्दै आएका छन्।

देउवा पक्षका विद्यार्थी नेता भने १२ औं महाधिवेशनबाट मात्र ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने अडानमा छन्। महाधिवेशन गराउनका लागि बन्ने तदर्थ समितिमा उमेरहद लगाउने वा नलगाउने भन्ने बहस कांग्रेस बैठक चलेको छ। सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेवि संघ नेतृत्वविहीन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.