मनाङमा बल्ल नयाँ शैक्षिक सत्र सुरु : विद्यालय खुले तर किताब आएनन्

मनाङमा बल्ल नयाँ शैक्षिक सत्र सुरु : विद्यालय खुले तर किताब आएनन्

बेसीशहर : हिमाली जिल्ला मनाङमा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तल्लो क्षेत्रमा रहेका नासों र चामे गाउँपालिकामा रहेका विद्यालयमा पढाइसमेत सुरु भइसकेको छ। पाठ्युपस्तक भने अझै पुगेका छैनन्।

माथिल्लो क्षेत्रमा पर्ने मनाङ ङिस्याङ र नार्पाभूमिका गाउँपालिकामा भने चैतदेखि मात्रै पढाइ हुन्छ। पाठ्यपुस्तक नआएपछि अन्योल भएको शिक्षकहरू बताउँछन्‍। पाठ्यपुस्तक अभावमा पढाइ प्रभावित भएको छ। चामे तिमाङस्थित गौरीशंकर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले पाठ्यपुस्तक अभावमा पुरानै पुस्तक पढाउन बाध्य भएको बताए।

‘छिटो पुस्तक ल्याउन पसलेलाई ताकेता गरिरहेका छौँ’, गुरुङले भने, ‘विद्यालय खुलेको दुईसाता भैसक्यो अझै पुस्तक आएको छैन्।’ नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीका अनुसार फागुन १ बाटै भर्ना अभियान सुरु भएपनि पाठ्यपुस्तक भने आएको छैन। शिक्षा विकास तथा समन्वय इकाइको अनुमतिमा स्टेसनरीले सिधै विद्यालयलाई पाठ्यपुस्तक दिने व्यवस्था मिलाइएको छ। चामे गाउँपालिकाका ४ र नासों गाउँपालिकाका ११ गरी १५ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खुलानाथ गौतमले पठनपाठन सुरु भइसकेको स्कुलमा छिटो पुस्तक ल्याउन भोटेओडारस्थित सापकोटा स्टेशनरीलाई ताकेता गरिरहेको बताए। ‘आफूलाई चाहिने डाटा पुस्तक पसललाई टिपाउन सबै स्कुललाई भनिसकेका छौँ। सबै विद्यालयको डाटा पसलेलाई जानासाथ पुस्तक आउँछ’ उनले भने।

सरकारले शैक्षिकसत्र सुरुसँगै हरेक विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गर्दै आएपनि हिमाली जिल्लाका विद्यार्थीले भने समयमै पाउने गरेका छैनन्। सापकोटा स्टेनरीका सञ्चालक ज्ञानहरि सापकोटाले हिमपातले सडक बन्द हुँदा पाठ्यपुस्तक ढुवानीमा समस्या भएको बताए। तल्लो क्षेत्रमा फागुन, माथिल्लो क्षेत्रमा चैत र आवासीयमा बैशाखमा शैक्षिक सत्र सुरु हुने हुँदा तीन पटक छुट्टाछुट्टै पुस्तक लैजान समस्या भएको भएको सापकोटाले बताए।

मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि गरी २७ सामुदायिक विद्यालय छन्। चामेस्थित लोकप्रिय माविमा भने वैशाखबाट मात्र शैक्षिकसत्र सुरु हुन्छ। चैतमा परीक्षा लिने र वैशाखबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.