महिला साफमा पाकिस्तान नआउने

महिला साफमा पाकिस्तान नआउने

विराटनगर : नेपालमा हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा पाकिस्तान नआउने भएको छ। विराटनगरस्थित सहिद रंगशालामा फागुन २८ गतेबाट सुरु हुने प्रतियोगिताको अन्तिम समयमा आएर पाकिस्तान सहभागी नहुने भएको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) र साफले पाकिस्तान बिनाको प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरेका छन्। सार्वजनिक गरेको तालिकामा पाकिस्तानको नाम छैन। एन्फाका वरिष्ठ उपाध्यक्ष एवं आयोजक समितिका संयोजक पंकज नेम्वाङले पाकिस्तानको सहभागीता बिना नै प्रतियोगिता गर्नु पर्ने स्थिति आएको बताए। 

उनका अनुसार पाकिस्तान नआउने पक्का भएपछि प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सबीच प्रतिस्पर्धा हुनेछ। 

सन् २०१६ मा आयोजना गरिएको साफ च्याम्पियनसीप पनि पाकिस्तान बिना नै सम्पन्न भएको थियो। पाकिस्तानी फुटबल संघमा देखिएको आन्तरिक विवाद र त्यहाँको सरकारसँग फुटबल टिमको बिग्रिएको सम्बन्ध मुख्य कारण हुन सक्ने एन्फाको अनुमान छ। 

‘अन्तिम समयमा आएर सहभागिता जनाउन नसक्ने भन्दै पाकिस्तान पछि हट्यो। उसले आधिकारिक कारण भने खुलाएको छैन,’ एन्फाका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले भने, ‘हामीले पाकिस्तानलाई ल्याउन प्रयास गर्यौ। अन्तिम समयमा सहभागिता जनाउन नसक्नु हाम्रा लागि पनि दुःखद् हो।’ 

सन् २०१० बाट सुरु भएको प्रतियोगितामा पाकिस्तानी टोलीले पहिलो पटक सेमिफाइनल यात्रा तय गर्न सकेको थियो। हालसम्म साफका तीनवटा प्रतियोगितामा मात्रै उसको सहभागिता रहेको छ। सहभागिता जनाएकोमा कूल १० वटा खेल खेल्दा उसले ४ वटामा मात्रै जित निकाल्यो भने ६ वटामा हार बेहो¥र्यो। १० खेलमा १३ गोल गरेको उसले आफ्नो पोष्टमाथि प्रहार भएको ३८ वटा गोल भने बचाउन सकेन। 

तालिका अनुसार समूह ‘ए मा’ आयोजक राष्ट्र नेपाल, भुटान र बंगलादेश रहेका छन्।समूह ‘बी’मा साविक विजेता भारतसहित श्रीलंका र मालदिभ्स छन्। विराटनगरको सहिद रंगशालामा फागुन २८ गते दिउँसो ३ बजे हुने उद्घाटन खेलमा नेपालले घरेलु मैदानमा भुटानको सामना गर्नेछ।

चैत्र ६ गते बुधबार बिहान ११ र दिउँसो ३ बजे प्रतियोगिताको सेमिफाइनल हुनेछ। उपाधि भिडन्त पूर्व निर्धारित मिति चैत्र ८ गते नै हुनेछ।  

अहिलेसम्म साफ महिला च्याम्पियनसीपका सबै उपाधि भारतले जितेको छ। नेपालले तीन पटक उपविजेतालमा चित्त बुझाउन पर्‍यो। बंङ्लादेश साविकको उपविजेता टोली हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.